माधब गैह्रे
स्याङजा २० भदौ ।
छुवाछुत र दुव्र्यसनीका कारण समाजमा नकारात्मक प्रभाव परेको भिरकोट नगरपालिकाका नगर प्रमुख छाँयाराम खनालले वताएका छन् । दुव्र्यसनीले आफूमात्र नभई परिवार र समाज समेत असभ्य भएकाले समयमै यसको समाधानमा लाग्नुपर्ने वताएका छन् ।
भिरकोट नगरपालिका वाड नं २ स्थित बुद्ध मेमोरियल अग्रेजी विद्यालयले आयोजना गरेको लागु औषध दुव्र्यसनी तथा मानव बेचविखन सम्बन्धी कार्यक्रममा नगर प्रमुख खनालले बालबालिकालाई घरपरिवार र साथीभाइलेनै लागुऔषदवारे जिज्ञासु बनाउदै गएकोले समाजमा दुव्र्यसनीको अवस्था विकराल वन्दै गइरहेको वताएका छन् । भिरकोट नगरपालिका बालमैत्री नगरपालिकाको रुपमा अगाडी वढिरहेकोले आगामी दिनमा बालबालीकालाई सुर्तीजन्य वस्तु किन्न लगाउने र बेच्ने दुवैलाइ कारबाही हुने समेत खनालले जानकारी दिए ।
बाल हिंसा र दुव्र्यसनी अन्य गर्न सके मात्र सभ्य समाजको निर्माण गर्न सकिने वताउदै यसका लागि नगरपालिकाका जनप्रतिनिधि चनाखो भएर लाग्न आग्रह समेत गरेका थिए ।
कार्यक्रममा मानव बेचबिखन र लागु औषध सम्बन्धी सहजीकरण वडा प्रहरी कार्यलय वालिङका प्रहरी निरिक्षक निरन्जन धिमिरेले गरेका थिए । भन,े कार्यक्रममा भिरकोट नगरपालिकाका जनप्रतिनिधी, बुद्ध मेमोरियल विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावकको उपस्थिती रहेको थियो । विद्यालयमा गरिएको यस्ता खाले कार्यक्रमले विद्यार्थीलाई सानै देखी लागु औषध र मानव बेचविखन सम्बन्धी चेतनाको विकास हुने भएकाले प्रभावकारी हुने सहभागीले वताएका थिए । सामुदायीक प्रहरी साझेदारी अन्तरर्गत सन्चालन गरिएको कार्यक्रमले समाजमा दुव्र्यसनी न्यूनिकरण संगै मानव बेचविखन नियन्त्रण हुनेमा विश्वस्त हुने विद्यालयका प्रअ झण्डवहादुर रानाले वताए ।