वालिङ १८, भदौं ।
सूचना सञ्चार र प्रविधिको विकास संगै यसको प्रयोगमा विकृतिहरु आइरहेका छन् । वालिङ नगरपालिकामा विगत पाँच दिन देखि फेसवुक ह्याक गरेर म्यासेन्जर मार्फत साथीहरु संग रकम असुली गर्ने ह्याकरहरुले हैरानी पारेका छन् ।
मंगलवार वालिङ नगरपालिकाका पूर्व मेयर भोजराज अर्यालको फेसबुक र म्यासेन्जर ह्याक गरेर उनका साथीहरु संग ईसेवा मार्फत रकम माग गरेपछि अर्यालले साइवर अनुसन्धान व्यूरो कार्यालय काठमाण्डौमा उजुरी दिएका छन् ।
मंगलवार बिहान राजेन्द्र पाण्डेले अंकल हिज ईसेवामा बैंकवाट पैसा तान्न सकिन अहिले पठाई दिउँ भन्दै फोन आयो, मलाई थाहै नभएको कुरा वास्ता नगरी मैले होइन कसलाई सोध्नुभो राजेन्द्रजी भने त्यसपछि एक दर्जन वढी फोन आउन थाले बल्ल थाहा पाए मेरो फेसवुक ह्याक गरी कसैले रकम माग गरिरहेको छ । त्यसपछि प्रहरीकोमा उजुरी दिए ।
अर्याल मात्र होइन वालिङका व्यापारी पिताम्वर भूषालको फेसवुक पनि ह्याक गरेर साथीहरुवाट ईसेवा मार्फत २८ हजार असुली गरेको वताएका छन् उनले पनि प्रहरीमा उजुरी गरेका छन् । विगत चार दिनदेखि वालिङका सातजनाको फेसबुक ह्याक भएका छन् । एउटै प्रकृतिवाट ह्याक गरी म्यासेन्जरवाट उस्तै तरिकावाट रकम माग गरिएको हुनाले एउटै गिरोह सक्रिय भएको हुनसक्ने अनुमान लगाइएको छ ।
ह्याकरले एक सयको रिचार्ज कार्ड देखि हवाइ जहाजको टिकट खरिदका लागि रकम अभाव भो भन्दै पाँच हजार सम्म माग गरेको पीडितहरुले वताएका छन् । यस विषयमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकृत प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारी संग कुरा गर्दा उजुरीका आधारमा आवश्यक अनुसन्धान थाल्ने वताए । उनले भनेर्, यस्तो घटना भए तुरुन्त जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुहोस हामी अनुसन्धान गरी यस्ता गिरोह पत्ता लगाएर कारवाही गर्छौ । ’
वालिङमा ह्याकरहरुले ई सेवाको प्रयोग गरेपछि ईसेवामा कार्यरत अस्लाम अली संग सम्पर्क गर्दा उनले प्रहरीमा आएका उजुरीका आधारमा आफूहरुले पनि यसको अनुसन्धान थाल्ने जानकारी दिए । उनले भनेर्, वालिङमा सक्रिय गिरोह हामीले पत्ता लगाउछौं ।’
वालिङका फेसबुक लगायतका सामाजिक संजाल प्रयोगकर्ताले आफ्नो फेसवुक ट्यूटर, जिमेल जस्ता एकाउण्टको पासवोर्ड सुरक्षित गर्न एल जी एम नेपालका सन्चालक इन्जिनियर सुवोध रेग्मीले सुझाव दिएका छन् । कहि कतै आफ्नो एकाउण्ट सुरक्षित नभएको महशुस भएमा प्रहरी तथा जानकारहरु संग परामर्श लिन समेत आग्रह गरेका छन् ।
आफ्नो पासवर्ड कसरी सुरक्षित बनाउने, हेर्नुहोस तरिका
पछिल्लो समय इन्टरनेट ह्याकिङको समस्या बढ्दै गएको छ । ह्याकरहरुले इन्टरनेट प्रयोगकर्ताको पासवर्ड ह्याक गरेर निजी डकुमेन्ट चोरेका थुप्रै घटनाहरु दिनहुँ सार्वजनिक हुने गरेका छन् । यसरी ह्याकरहरुबाट आफ्नो महत्वपूर्ण डकुमेन्ट तथा फाइलहरु सार्वजनिक हुने डर हुन्छ । विशेषगरी पासवर्डबाट इमेल, जिमेल तथा फेसवुक लगायत अन्य अफिसियल अकाउन्ट ह्याक हुने तथ्य सार्वजनिक भएकोले शुरुमा आफ्नो पासवर्ड बलियो बनाउनु आवश्यक छ ।
कस्ता पासवर्ड राख्ने ?
कुनै पनि अफिसियल अकाउन्टको पासवर्ड कम्तिमा ८ क्यारेक्टरको राख्नु पर्छ । जसले गर्दा ह्याकरलाई पासवर्ड अनमान गर्न गाह्रो हुन्छ । पासवर्डमा ‘क्यापिटल’ वा ‘स्मल’ लेटर मात्र भन्दा पनि दुवैलाई मिलाएर राख्नु पर्छ । त्यस्तै अक्षर मात्र राख्नुभन्दा सिम्बोलको प्रयोग गर्दा ह्याक हने सम्भावना कम हुन्छ । कहिले पनि सजिलै अनुमान गर्न सक्ने गरी पासवर्ड राख्नु हुदैन त्यस्तै एउटा पेसको पासवर्ड त्यसको अफिसियल पेज बाहेक अन्त नराख्ने । पासवर्डमा डिस्नेरी वर्डहरु प्रयोेग नगर्ने ।