स्याङ्जा १७ भदौ ।
हरिनास गाँउपालिका वाड नं ३ ललहीमा धारिलो हतियार प्रयोग गरि बाबु छोराको हत्या भएपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जावाट गएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का गरेर शव पोष्टमार्टमको लागि गण्डकी अस्पताल पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरिक्षक राजकुमार लम्सालले जानकारी दिए ।
प्रहरीका अनुसार घटनामा धारिलो हतियार प्रयोग गरी गहिरो चोट पुर्याएको र विहानपख घरको ढोका खुलै भएको अवस्थामा घटना घटेको र बाबु र छोराको शव विस्तारामा रहेको वताइएको छ ।
शव पोष्ट मार्टमका लागि पोखरा पठाइएको छ । थप अनुसन्धानका लागि मृतककी श्रीमती र भाइलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान गरिने जानकारी प्रहरीले दिएको छ ।