काठमाडौं– सामसङ इलेक्ट्रोनिक्सले आजबाट ग्यालेक्सी नोट १० र नोट १० प्लसलाई नेपाली बजारमा ल्याएको छ । काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी सामसङले आफ्नो नयाँ स्मार्ट फोनको आजैबाट विक्रि खुला भएको बताएको छ ।
अगस्ट पहिलो साता यी दुई फोन अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिएको थियो । ग्रहकको वढी अपेक्षा पूरा गर्ने फोन बनाइएको दाबी कम्पनीले गरेको छ ।
फोनमा भएको एस पेनले ह्यान्डराइटिङलाई टेक्स्टमा बदल्छ । यसमा ब्लुटुथ प्रयोग गरी रिमोट कन्ट्रोलझैं बनाउन सकिन्छ ।
मल्टी क्यामेरा प्रणालीले मुभि प्रविधिलाई मोबाइलमा ल्याएको मात्र छैन, प्रयोग सरल पनि बनाएको छ । पहिलोपटक मोबाइल फोनमा लाइभ फोटोले भिडियोमा विशेष इफेक्ट ल्याउँछ । डेप्थ भिजन क्यामेराले ब्याकग्राउन्ड ब्लरमात्र बनाउँदैन, भिडियोलाई फोटोझैं गुणस्तरीय पनि बनाउँछ । उच्च गतिको भिडियोलाई पनि निकै सुक्ष्म तरिकाले क्याप्चर गर्छ । सुप स्टडी प्रविधिले भिडियो निकै स्टाबलाइज गराउँछ ।
कम्पनीका अनुसार सामसङ ग्यालेक्सी नोट १० को बजार मूल्य १ लाख १६ हजार र नोट १०ं को १ लाख ३५ हजार कायम गरिएको छ ।