काठमाडौं : आँधिखोला लघुवित्त वित्तीय संस्था नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले चुक्ता पुँजी बराबर कायम हुने १० लाख कित्ता सेयर आइतबार (भदौ ८ गते) सूचीकृत गराएको हो । आँधिखोलाले असार २२ गतेदेखि २५ गतेसम्म ४ लाख कित्ता आइपीओ बिक्री गरेको थियो । सोही आइपीओसहितको सेयर सूचीकृत गरिएको हो । यस लघुवित्तको सेयर कारोबार सोमबारदेखि खुल्नेछ । गत आर्थिक वर्षको असार मसान्तसम्म आँधिखोलाले १ करोड ५२ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको रिजर्भ कोषमा २ करोड ६ लाख ९३ हजार रुपैयाँ रहेको छ ।