तस्विर : श्रीकृष्ण सिग्देल स्याङ्जा
श्रीकृष्ण सिग्देल
स्याङ्जा—२, भदौ ।
सरकारले नयाँ कर लागु गरेपछि व्यवसायीहरु अन्यौल अवस्थामा रहेका छन् । सबै व्यवसायीलाई करको दायरामा ल्याउन श्रावण एक गतेदेखि सरकारले नयाँ कर नीति लागु गरेको छ । सरकारले ल्याएको नयाँ कर नीतिले व्यवसायी अलमलमा परेका बेला वालिङ उद्योग वाणिज्य संघले वालिङमा व्यवसाय गर्दै आएका व्यवसायीलाई कर नीतिबारे प्रशिक्षण गरेको छ ।
प्रशिक्षणसगै वालिङ नगरपालिका भित्र रहेका बजार क्षेत्रमा संघले अनुगमन सगै सुझाव प्रदान गरेको छ । पाँच ओटा टोली बनाएर विभिन्न बजार क्षेत्रमा संघले अनुगमन गरेको संघका अध्यक्ष शोभाकान्त पौडेलले बताए । ग्रामिण क्षेत्रमा व्यवसायीलाई अझै करको विषय जानकारी छैन अध्यक्ष पौडेलले भने,“व्यवसायीलाई कर बारे जानकारी र व्यापार व्यवसायबारे समस्या बुझ्न अनुगमन गरेका हौं ।” सरकारी निकायबाट अनुगमन हुदा त्रसिद बन्ने व्यवसायीलाई संघले अनुगमन गर्दा केही सहज पायौ अध्यक्ष पौडेलले भने ।
अनुगमनका क्रममा विना दर्ता पसल सञ्चालन गरिएको, एकै ठाउँमा सबै व्यापार गरिएको, मिति गुज्रिएको वस्तुको विक्री वितरण गरेको भेटिएको अध्यक्ष पौडेलले बताए । व्यवसायीलाई पसल दर्ता गर्ने, म्याद गुज्रेका सामाग्री विक्रि नगर्ने लगायतका सुझाव पनि अनुगमनमा दिएको पौडेलको भनाई छ ।
संघका अध्यक्ष शोभाकान्त पौडेल सहित पत्रकार समेतको टोलीले बाँयटारी झलुङ्गे, थानपाटा क्षेत्रमा अनुगमन गरिएको थियो । अनुगमनका वेला मिति गुज्रिएका वस्तुु छुट्याएर राखी सम्बन्धीत कम्पनीमा फिर्ता गर्न र नष्ट गर्न आग्रह गरिएको थियो । व्यापारीहरु लाई दर्ता पक्रिया नबुझेको र उनीहरुलाई दर्ता पक्रियाबारे जानकारी दिएको थियो ।
उता वरिष्ठ उपाध्यक्ष अर्जुनप्रसाद खनालको संयोजकत्वमा भुम्रे, भकुण्डे लगायतका बजारमा पुगेर अनुगमन तथा सुझाव प्रदान गरिएको संघको सचिवालयले जनाएको छ । उपाध्यक्ष गिरमान गुरुङको संयोजकत्वमा रामबाच्छा, त्रियासी, खहरे, सिमलचौपारी, रत्नेमा अनुगमन गरिएको छ । वालिङको मुुख्य बजारमा महासचिव केशरबहादुर खाँणको संयोजकत्वमा अनुगमन गरिएको छ । जैसिपँधेरादेखि वालिङ मोडसम्म गरिएको अनुगमनका क्रममा स्थायीलेखा, दर्ताको महत्व नबुझेको, भेटिएको छ । निजि क्षेत्र र सरकारी क्षेत्रबीच समन्वयात्मक भुमिका निर्वाह गर्दै व्यापारीलाई करको दायरामा ल्याउने प्रयास स्वरुप सचेत गराईएको महासचिव खांणले बताए । मुख्य बजारमा पनि समस्या देखियो महासचिव खाँणले भने,“ग्रामिण क्षेत्रमा त अझै कति समस्या होलान्, सरकारी टोली र नीजि क्षेत्र मिलेर समन्वयात्क तवरले बजार अनुगमन हुनुपर्ने देखियो ।” नीजि क्षेत्रबाट मात्रै भन्दा पनि सरकारी निकायबाट पनि व्यवसायीलाई प्रशिक्षित गर्नुपर्ने आवश्यकता देखियो महासचिव खाँणले भने ।
कर नियमित तिरेर जरिवानाबाट बच्न सुझाव समेत दिईएको करको हाउगुजीबाट समेत व्यापारीलाई स्पष्ट पार्नका लागी यस्ता कार्यक्रमले टेवा पुग्ने महासचिव खांणको भनाई छ । त्यस्तै संघको विभिन्न चेतनामुलक कार्यक्रमले दर्ता गर्नुपर्छ व्यापार गरेपछि कर तिर्नुपर्छ भन्ने भावनाको विकास भएको अध्यक्ष पौडेलले बताए । चाडवाड नजिकिदै गर्दा सरकारी निकायबाट बजार अनुगमन हुन सकेको छैन । स्थानीयतहमा जनप्रतिनिधि आएपछि प्रशासनले गर्ने अनुगमनको अधिकार स्थानीयतहलाई दिइएको छ । तर अहिले सम्म स्थानीयतह पनि बजार अनुगमनमा मौन बसेको छ । जसले गर्दा अखाद्य सामाग्री, महङ्गीले प्रशय पाएको उपभोक्तहरु बताउछन् । व्यापारीको छाता संगठन वालिङ उद्योग वाणिज्य संघले गरेको अनुगमनले केही सकरात्मक सन्देश दिएपनि सरकारी निकायबाट पनि बजार अनुगमनमा ध्यान दिन जरुरी रहेको देखिएको छ । ११ स्थानीय तह रहेको स्याङ्जामा भीरकोट र कालीगण्डकी गाँउपालिकाले अनुगमन गरेको खबर आएका छन् । तर अन्य स्थानीयतह भने बजार अनुगमनमा मौन रहेको देखिन्छ ।