नवलपरासी–२, भदौ । स् पूर्वी
नवलपरासीस्थित अरुण खोलाको डाइभर्सन बाढीले बगाउँदा पूर्व–पश्चिम राजमार्ग
१५ घण्टादेखि ठप्प छ। पूर्व–पश्चिम राजमार्ग
अन्तर्गत नारायणगढ–बुटवल सडक खण्डमा पर्ने डाइभर्सन बाढीले बगाउँदा
आइतबार साँझ ७ बजेदेखि यातायात अवरुद्ध छ।
सडक अवरद्ध भएका कारण
राजमार्गमा सवारीको लाइन लागेको छ। रोकिएका गाडीको लाइन पश्चिम नवलपरासीको
बर्दघाटसम्म आईपुगेको छ। राजमार्ग खोल्ने
प्रयास भइरहेको र करिब १ घण्टापछि खुल्ने जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी
दिएको छ।
आइतवार साँझ ५ बजेपछि
लगातारको वर्षादका कारण अरुणखोलामा पानीको सतह बढेपछि गाडी बगाउने जोखिम हुन नदिन
डाइभर्सनमा गाडी गुडाउन रोक लगाएको हो ।
जिल्ला ट्राफिक प्रहरीका अरुणखोलामा
खटिएका सई राजेन्द्र कुमार कार्कीले पानीको सतह पुरै नघटेसम्म बाढीले गाडि बगाउने
जोखिमहुने त्रासले यातायात संचालन हुन नदिने उनले जानकारी दिए । पानीको सतह पुरै
घटेपछि अवस्था हेरेर यातायात खुलाइने उनले सुनाए ।
५ दिन अघि अरुणखोला पुलमा
गाडी ठोक्किएका कारण पुल भाचिए पछि ३ दिन लगाएर बैकल्पिक सडक बनाएर आवगम नखुलाइएको
थियो । हयूम पाइप राखेर बनाएको कच्चि डाइभर्सन सडक भन्दा माथिवाट पानी बगेपछि फेरी
राजमार्ग अबरुद्ध भएको हो ।