काठमाडौं : मुक्तिनाथ विकास बैंकको २०% हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि आइतबार बैंकको सेयर ३२५ रुपैयाँलाई आधार मानेर कारोबार खुलेको छ । हकप्रद निष्कासनका लागि मुक्तिनाथले साउन ३१ गते बुक क्लोज गरेको हो । साउन ३० गतेसम्म कायम रहने सेयरधनीले हकप्रदमा आवेदन दिन सक्नेछन् ।
मुक्तिनाथले भदौ १२ गतेबाट प्रतिकित्ता १०० रुपैयाँ दरले ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँँ बराबरको ६१ लाख २९ हजार ५२० कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । यो हकप्रदमा असोज १५ गते सम्म आवेदन दिन सकिनेछ । हाल यसको चुक्ता पुँजी ३ अर्ब ६ करोड ४७ लाख ६० हजार रुपैयाँ छ । बैंकले यही पुँजीबाट हकप्रद ल्याउन लागेको हो ।
हकप्रद जारी गरेपछि चुक्ता पुँजी ३ अर्ब ६७ करोड ७७ लाख १२ हजार रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंकले ८५ करोड ३२ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको छ । मुक्तिनाथको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ८४ पैसा छ ।