काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले चालु आ.व.को अन्त्यमा सार्वजनिक गरेको वित्तीय विवरणमा अधिकांस सूचकमा सुधार देखिएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा यस आ.व.मा बैंकको समग्र वित्तिय अवस्था बलियो बनेको छ ।
बैंकले गत असार मसान्तसम्म ५९ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २६।३२ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष यसै अवधिमा बैंकले ४६ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको वितरण योग्य नाफा ४५ करोड ३१ लाख रुपैयाँ छ । बैंकको चुक्ता पुँजी पनि १० प्रतिशतले बढेर २ अर्ब ७८ करोड ८३ लाख रुपैयाँ पुगेको छ । गत वर्ष गरिमाको चुक्ता पुँजी २ अर्ब ५३ करोड ४८ लाख रुपैयाँ रहेको थियो । गरिमाले निक्षेप संकलन र कर्जा प्रवाह क्रमशः ३५.७६ प्रतिशत र ५१.२७ प्रतिशतले बढाएको छ । बैंकको प्रतिसेयर आम्दानी पनि २ रुपैयाँ ७४ पैसाले बढेर २१ रुपैयाँ २४ पैसा भएको छ । गरिमाको प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ४६ पैसा छ ।
यस आ.व मा गत आर्थिक वर्षमा भन्दा रिजर्भ कोष २५.२८ प्रतिशत, व्याज आम्दानी ३७.६४ प्रतिशत, संचालन नाफा ३१.८४ प्रतिशतले बढेको छ भने कस्ट अफ फन्ड ०.२९ प्रतिशत र खराब कर्जा ०.०७ प्रतिशतमा सिमित गरेको छ ।