हिमदुत सम्वाददाता
भिरकोट–२६, साउन ।
भिरकोट नगरपालिकाले आज नगरपालिका भित्र सन्चालित सहकारी संस्थाहरु विच ‘दिगो विकासका लक्ष प्राप्तिको लागि सहकारी’ भन्ने मूल नारा सहित अन्तरक्रिया कार्यक्रम गरेको छ । संविधानले सहकारी संस्थाहरु संचालनको सम्पूर्ण अधिकार स्थानीय तहवाट हुने व्यवस्था अनुरुप नगरपालिका र सहकारी संस्थाको भूमिकाका विषयमा अन्तरक्रिया कार्यक्रममा छलफल गरिएको थियो ।
कार्यक्रममा भिरकोट नगरपालिकाका नगर प्रमुख छाँयाराम खनालले दिगो विकासका लक्ष प्राप्तीका लागि सहकारी अभियानको प्रर्वधन, नियमन र व्यवस्थापनमा प्रभावकारी ढंगले काम गर्दै सुशासित र विश्वसनीय बनाएर सबै नागरिकलाई आर्थिक विकासमा लाग्न प्रेरित गर्नुपर्ने वताए ।
स्थानीय तह र सहकारीको सहकार्यवाट स्थानीय विकासलाई टेवा पु¥याउने खालका काम गर्न नगरपालिका तयार रहेको वताउदै नगर प्रमुख खनालले भने, ‘स्थानीय तह र सहकारीको सामुहिक लगानीवाट उत्पादनमा जोड दियौं ।’ नागरिक संग छरिएर रहेको पुँजी संकलन गर्ने र परिचालन गर्ने महत्वपूर्ण माध्यम सहकारी रहेकाले यहाँका नागरिकको स्तर उकास्न र गरिवी निवारणमा सहकारीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेका छन ।
भिरकोट नगरपालिकाले सहकारी ऐन २०७५ लागु गरिसकेको जानकारी गराउदै । अब सहकारी संस्थाहरुले आफ्नो विवरण तथा गतिविधिहरु नियमित दर्ता अभिलेखिकरण गर्न समेत नगर प्रमुख खनालले आग्रह गरेका थिए । नेपाल सरकारको नीति अनुरुप सहकारी धेरै खोल्नु भन्दा सबल र सक्षम वनाउन मर्जरको नीति ल्याएको छ । भिरकोटमा पनि यस तर्फ ध्यानाकर्षण गर्न सहकारीकर्मीहरुलाई आग्रह गरेका थिए ।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाका प्रमुख विश्वनाथ गौतम र कृषि ज्ञान केन्द्र स्याङ्जाका अधिकृत इश्वरी प्रसाद अर्यालले आफ्ना कार्यालयले कृषकहरुलाई प्रदान गर्ने सेवा, सुविधाका वारेमा जानकारी गराएका थिए । त्यसै गरी भीरकोट नगरपालिका आर्थिक विकास शाखाका अधिकृत शन्तोष ढकालले दीगो विकास लक्ष्य प्राप्तिको लागि सहकारी र सहकारीका समसामायिक विषयमा प्रस्तुती प्रस्तुत गरेका थिए ।
कायक्रममा भीरकोट नगरपालिका वडा न १ का वडा अध्यक्ष एंव नगर प्रवक्ता दिपेन्द्र केसी, ४ का वडा अध्यक्ष चन्द्र वहादुर वस्नेत, माछापुछ«े बचत तथा ऋण सहकारी संस्था का अध्यक्ष डोलराज ढुङ्गाना, ओम कृषि सहकारीका अध्यक्ष ख्याम केसी, ग्रामिण वचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष दुर्गादत्त भुषाल र व्यवस्थापकहरुको तर्फवाट शुभ लक्ष्मी वचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक किरण केसी लगायतले सहकारी सम्वन्धी आ–आफ्ना भनाइ राखेका थिए ।
भीरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन योजना अधिकृत याम प्रसाद रेग्मी र स्वागत भीरकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत हेम प्रसाद आर्चायले गरेका थिए । कार्यक्रममा भीरकोट दुग्द्य सहकारी संस्थालाई यूरीया मोलासेस मिनरल व्लक मेसिन शत प्रतिशत अनुदानमा प्रदान गरीएको छ । भीरकोट नगरपालिका भित्र अहिले ३३ वटा सहकारी संस्था संचालनमा आएका छन् ।