
हिमदुत सम्वाददाता
गल्याङ–२५, साउन ।
स्याङ्जामा क्रियाशिल चारवटा लायन्स क्लवको पदस्थापन एकैसाथ शनिवार सम्पन्न भएको छ । लायन्स क्लव अफ गल्याङ सिटी, लायन्स क्लव अफ वालिङ सिटी, लायन्स क्लव अफ स्याङ्जा, र लायन्स क्लव अफ पुतलीबजार सिटीको वर्ष २०१९÷०२० का लागि निर्वाचित पदाधिकारीहरुको सामुहिक पदस्थापन गल्याङ स्थित मगर भवन लेमभित्तामा सम्पन्न भएको छ ।
विभिन्न सामाजिक सेवामा क्रियाशिल लायन्स क्लवको एम.जे.एफ लायन डिष्ट्रक गर्भनर इन्दु लम्सालले नव निर्वाचित क्लवका अध्यक्षहरु क्रमश जनक कुमार श्रेष्ठ, देवेन्द्रप्रसाद भट्टराई, राजेन्द्र श्रेष्ठ र श्रीवहादुर गुरुङ सहित पदाधिकारीहरुलाई सामुहिक सपथ ग्रहण गराएकी थिइन् ।
सपथ ग्रहण कार्यक्रममा वोल्दै डिष्ट्रिक गर्भनर इन्दु लम्सालले ‘सशक्तिकरणका लागि जागौं’ भन्ने मुल नारा लिएर समाजमा क्रियाशिल हुन सबै शाखालाई आग्रह गरिन् । लायन्स क्लव अन्तराष्ट्रिय क्लव रहेकाले यसवाट समाजले घेरै कामको अपेक्षा गरेको हुन्छ । तसर्थ यसको महत्वपूर्ण जिम्मेवारी पुरा गर्न सबै शाखाका पदाधिकारीलाई आग्रह गरिन् ।
कार्यक्रममा शाखाका अध्यक्षहरुले आफ्नो वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए । नवनिर्वाचित शाखा अध्यक्षहरुले आफ्नो कार्यकाल विगतका वर्षहरु भन्दा उत्कृष्ठ वनाएर जिल्लामै लायन्सको गरिमा उच्च वनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा समाजसेवी लालगोपाल अर्याल, गल्याङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ईश्वरी प्रसाद पाण्डेले, लायन विश्वेश्वर आचार्य, राजन लम्सालले लायन्स क्लवले समाजमा रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने वताएका थिए । मानविय सेवामा समेत क्रियाशिल क्लवले दैवि प्रकोप जस्ता विपतमा विगतमा जस्तै काम गर्न सबै शाखा अध्यक्षहरुलाई सुझाव दिएका थिए । लायन्स क्लब अफ गल्याङ सिटीका पुर्व अध्यक्ष दुर्गा प्रसाद भण्डारी, लायन्स क्लब अफ वालिङ सिटीका पुर्व अध्यक्ष विष्णु सुवेदी, लायन्स क्लब अफ स्याङजा सिटीका पुर्व अध्यक्ष रामचन्द्र पोखरेलले आफ्नो कार्यकालमा सम्पादन भएका कार्यहरुका बारेमा विवरण प्रस्तुत गरेका थिए ।
गल्याङ लायन्स क्लब सिटीका पुर्व अध्यक्ष महेश भट्टराईको स्वागतबाट सुरु भएको कार्यक्रम लायन वर्ष २०१९÷०२० का गल्याङका अध्यक्ष जनक कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन लायन वर्ष २०१९÷०२० का गल्याङका सचिव कृष्ण प्रसाद भट्टराई र पुर्व सचिव यज्ञ अर्यालले गरेका थिए । भने धन्यवाद मन्तव्य लायन क्लष्टर २४ का प्रमुख शिवराज आर्चायले गरेका थिए ।