देव वोगटी / स्याङ्जा–२५, साउन ।
उमेरले डाँडा काट्यो, हिड्डुल गर्न सक्दिन छोरालाई भत्ता लिन पठायो आफै खर्च गर्छन । चाडवाडमा छोरी नाति नातिना आँउदा रित्तै टिको लाउन पर्छ केही दिन पाउँदिन, कहिलेकाँही केही किनेर ल्याउन छिमेकीलाई भनौ भने आफूसंग पैसा छैन । यस्ता भनाई गाँउघरमा प्रशस्त सुन्न पाइन्छ । यस्ता पीडितको मनको घाउमा भिरकोट नगरपालिकाका मेयर छाँयाराम खनालले मल्हम लगाइदिएका छन् ।
जेष्ठ नागरिक ७० वर्ष उमेर कटेका शारिरीक असक्त ब्यक्तिको घरदैलोमा पुगी सामाजिक सुरक्षा भत्ता वितरण गरेर अहिले यी मेयर चर्चामा आएका छन् । नगरपालिकाको बैठकवाटै सामाजिक सुरक्षा भत्ता अब अशक्तको घरमा पु्याउने निर्णय गरेको भिरकोट नगरपालिकाले अभियानको सुरुवात भिरकोट नगरपालिका वाड नं ५ वाट सुरु गरेको छ ।
आर्थिक वर्षको सुरुको महिनाको भत्ता वापतको रकम वडाका जनप्रतिनिधी, र बैंकका कर्मचारी सहित शारिरीकरुपमा अशत्त,m र जेष्ठ नागरिकको घरमै पुगेर भत्ता वितरण गर्ने अभियानको सुरुवात गरेको भिरकोट नगरपालिकाका मेयर छाँयाराम खनालले वताए । उनले भने, ‘हामी जनताको मतबाट निर्वाचित जनप्रतिनिधि हौ’ हामीवाट ठूलो अपेक्षा राखेका छन । जनताको घरमा मत माग्न मात्र पुग्ने होइन सेवा दिन पनि पुग्नुपर्छ भन्ने मान्यताको विकास गरेका हौं ।
विभिन्न कार्यक्रममा गाँउमा पुग्दा यस्ता नागरिक संग कुरा गर्दा मेयर आफैलाई परिवारको सदस्यले भत्ता वुझ्ने गरेको र आफूहरुले नपाउने गुनासो आइरहेकोले घरमै भत्ता पु्याउने कार्यको थालनी गरेको उनले वताए । अभियानको पहिलो दिन ५ नंवर वडाका १७ जनालाई यो सेवा प्रदान गरेको खनालले वताए । यो अभियान अब प्रत्येक वडामा लागु गरिने छ ।
भिरकोट नगरपालिकाले प्रत्येक वडाको सामाजिक सुरक्षा भत्ता पाउने ७० वर्ष माथिका जेष्ठ नागरिक र शारिरीक रुपमा अशक्त नागरिकको तथ्यांक संकलन गरिसकिएको छ । सम्वन्धित वडाका जनप्रतिनिधि र सम्वन्धित बैंकका कर्मचारीलाई नागरिकको घरमै पुगेर यी नागरिकलाई सेवा प्रदान गरिने नगरपालिकाले जनाएको छ । भिरकोट नगरपालिकाको झण्डै ३ सय यस्ता नागरिक यो अभियानवाट लाभान्वित हुनेछन ।
भिरकोट नगरपालिकाले यो मात्र होइन नागरिकलाई प्रत्यक्ष लाभान्वित हुने खालका सुत्केरीलाई अण्डा वितरण, बालवालिकालाई छात्रवृत्ति लगायत हरेक नागरिकले नगरपालिकाको सुविधा प्राप्त गर्न पर्छ पर्छ भन्ने खालका कार्यक्रम लिएर आइरहेको छ । यही वर्षवाट भिरकोटलाई बालमैत्री नगरपालिकाको कार्य अगाडी वढाएको छ भने हरेक टोल टोलमा आर्थिक सहयोग होइन नगरपालिकाले दिने पैसा उत्पादनमुखी कार्यमा लगाऔं भन्दै विउ पुँजीको रुपमा लिन नगरवासीलाई आग्रह पनि गर्दै आइरहेको छ ।
खनाल नेपाली काँग्रेसवाट निर्वाचित मेयर हुन ।