हिमदुत सम्वाददाता
स्याङ्जा, २३ साउन ।
नेपाली काँग्रेस स्याङ्जाका कार्यबाहक सभापति बुद्धी बहादुर राना ९कुमार० को पिता टोपवहादुर रानाको ७७ वर्षको उमेरमा विहिवार साँझ ५.३० बजे निधन भएको छ ।
स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका वडा नम्वर ४ स्थायी घर भएका रानाको आफ्नै निवासमा निधन भएको भएको हो ।
भारतीय सेनाबाट अवकास पछि राना निरन्तर प्रजातान्त्रिक बिचारको लागि सक्रिय रहदै आउनु भएका थियो । स्वर्गीय राना नेपाली काँग्रेसको तर्फबाट २०५४ सालमा पुतलीबजारको नगर सदस्यमा निर्बाचित हुनु भएको थियो ।
स्वर्गीय रानाका दुई छोरा, दुई छोरी र एक श्रीमती हुनुहुन्छ । उहाँको अन्तिम संस्कार भोली साउन २४ गते बिहान ११ बजे पोखराको रामघाट स्थित अर्घौं सदनमा गरिने नेपाली काँग्रेस स्याङ्जाका प्रवक्ता इन्द्रवहादुर गोदारले जानकारी दिनुभएको छ ।
नेपाली काँग्रेस स्याङ्जाका कार्यवहाक सभापती रानालाई पितृ शोक परेको खवर थाहा पाउने वित्तिकै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रिय सदस्य प्रदिप पौडेलले आफ्नो सामाजिक संजाल मार्फत शोक तथा समवेदना प्रकट गर्नुभएको छ ।