मोफसलको दुई ठूला शहरका विचमा रहेको रहेको स्याङ्जा जिल्लावाट फेरी हिमदुत डट.कम अनलाईन आजवाट औपचारिक शुभारम्भ भएको छ । विश्वकै उच्च स्थानमा रहेको तिलिचो तालवाट औपचारिक शुभारम्भ भएको हिमदुत अनलाईन डिजिटल मिडियाको दुनियामा आफूलाई सत्य, तथ्य र निष्पक्ष पत्रकारिताको दुत सावित गर्ने छ ।
पत्रकारिता आवाज विहिनहरुको आवाज हो, जसले सभ्य समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ । समाजमा भएका विकृति र विसंगतीहरुको पर्दाफास गर्दै यसले पहुँच नभएका सर्वसाधारण नागरिकको पक्षमा वकालत गर्दछ । आजको युग सूचना तथा सञ्चारको प्रविधिको युग हो भन्ने स्थापित भैसकेको छ । आमसञ्चारका माध्यम मध्ये पत्रिका, रेडियो, टेलिभिजनले क्रमश समय समयमा आ–आफ्नो प्रभाव देखाए । प्रविधिको विकाससँगै अहिले अनलाइन पत्रकारिता प्रभावकारी बन्दै गएको छ । सञ्चार क्षेत्रमा आएको परिवर्तनले चेतना र विकास तथा परिवर्तनमा महत्वपुर्ण भूमिका निर्वाह गरेको छ । हाम्रो प्रयास पनि त्यही सकारात्मक र इमान्दारिताको पक्षमै हुनेछ ।
‘हिमदुत डट.कम’ सन्चालनको उद्देश्य पत्रकारिताको माध्यमवाट समाजको विकास गर्नु हो । नेपालको पिंक सिटीको रुपमा परिचित हाल देशमै नमुना नगरपालिकावाट सन्चालन सुरु गरिएको यस अनलाईन संचार माध्यम वालिङ नगरपालिकाको लक्षलाई साकार पार्न निरन्तर पहल गर्ने छ । स्मार्ट वालिङ निर्माणका लागि नगरपालिका र सम्वन्धित निकाय संग हातेमालो गर्दै अगाडी वढ्ने प्रतिवद्धता व्यक्त गर्दछौ ।
लोकतान्त्रिक गणतन्त्रको रक्षा, विधिको शासन, प्रेस स्वतन्त्रता, नागरिक अधिकार जस्ता महत्वपूर्ण विषयमा हामी कसैसंग सम्झौता नगरीकन अग्रपंक्तिमाा रहेर आफ्नो भूमिका निर्वाह गरिरहने छौं । स्थानीय समसामयिक विषयवस्तुका अलावा हाम्रा प्रस्तुतिहरु विशेष रुपमा दिगो विकासका लक्षहरु संग सम्वन्धित हुनेछन् । त्यसैले अनलाईन पत्रकारीताको बढ्दो भिडमा हामीले चालेका पाईलामा तपाईको पनि निरन्तर सहयोग र सुझाव पाउँने छौ भन्ने अशा र विश्वासे लिएका छौ । हिमदुत अब तपाई , हाम्रो अनि सबैको सच्चा दुत वन्नेछ ।