हिमदुत सम्वाददाता
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्र देखिएको गुटवन्धी अन्त्य गरी एक ढिक्का भएर अगाडि बढ्नुपर्ने वताएका छन् । नेपाली काँग्रेस जिल्ला सभापति एवं संविधान सभा सदस्य स्व. कमलप्रसाद पंगेनीको प्रथम स्मृति सभामा बोल्दै सभापति देउवाले नेपाली काँग्रेस संविधानको अक्षरस पालनाको पक्षमा रहेको वताएका छन् ।
कांगे्रसकै सक्रियतामा संविधान बनेको र यसको कार्यान्वयन र संरक्षणमा काँग्रेसको महत्वपुर्ण भुमिका रहेको बताउदै सभापती देउवाले सरकारले संविधानको भावना र मर्म विपरित काम गरिरहेको छ । यसका विरुद्ध प्रतिपक्षको भुमिका वलियो वनाउदै काँग्रेसले सरकारको खबरदारी गरिरहेका छौँ ।
सरकारको राम्रा काममा सर्मथन र मुलुकलाई अहित हुने काममा खबरदारी गरी प्रमुख प्रतिपक्षीको भुमिकामा काँग्रेस छ ।” स्व. पंगेनीको स्मरण गर्दै सभापति देउवाले युवा एवं कर्मठ नेता पार्टीले गुमाएको भन्दै राम्रा कामले मात्रै स्व. पंगेनीप्रति सच्चा श्रद्धान्जली हुने बताए । सरकारका गतिविधि संविधान विपरित भईरहेको भन्दै सभापति देउवाले भने, मुलुक र जनताको हित विपरित सरकारका गतिविधि देखिएको छ । जनतालाई सचेत गराउँदै राष्ट्र हित विपरित भएका गतिविधि रोक्न प्रतिपक्षी दल लागिपरेको छ ।”
कार्यक्रममा कागे्रस केन्द्रिय सदस्य गोपालमान श्रेष्ठले धेरै काम पुरा गर्न बाँकी रहेको भन्दै बाँकी काम पुरा गरी कागे्रस जनताको प्यारो पार्टी बन्ने दावी गरे । नेता श्रेष्ठले स्याङ्जाका विकास निर्माणका लागी स्व. पंगेनीको ठुलो भुमिका रहने भन्दै अधुरा सपना पुरा गरी पंगेनीप्रति श्रद्धान्जली आवश्यक रहेको बताए । कार्यक्रममा अर्का केन्द्रिय सदस्य धनराज गुरुङले स्व. पंगेनी प्रत्येक जनताको मन मस्तिष्कमा रहेको भन्दै उनले देखाएको बाटो सबै युवाले अबलम्बन गर्नुपर्ने बताए । स्व. नेता देश र समाज विकासका लागी समर्पित नेता भएको स्मरण गर्दै जल, जमिन र जंगलको सही सदुपयोग गर्नुपर्ने पंगेनीको भनाईलाई साकार पार्नुपर्ने बताए ।
काँग्रेस का केन्द्रिय सदस्य गगन थापाले सरकार असफलतातिर धकेलिएको वताएका छन् । सरकारले प्रेस स्वतन्त्रता, मानव अधिकार सबै अधिकारलाई कुण्ठित पार्दै दुई तिहाईको दम्भ देखाएको आरोप लगाए । सरकार बेथिति र भ्रष्ट्राचारमा घेरिएको भन्दै थापाले भने, ‘सरकार काण्डैकाण्डले घेरिएको छ । जनताका अधिकार केन्द्रित गर्दै संविधान विरुद्ध कार्यमा उद्धत देखियो ।’ नेता थापाले काँगे्रसको संगठन हेर्न स्याङ्जा जानु भन्ने कथनलाई जिवित राख्न स्याङ्जाली कागे्रसबीचमा एकता र दृढ संकल्प हुुनुपर्ने थापाको भनाइ थियो ।
कार्यक्रममा काँग्रेसका प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र न्यौपाने, रुपन्देहीका सभापति अब्बदुल रजाक, कास्कीका सभापति कृष्ण केसी, पुर्व सांसद खगेन्द्रराज रेग्मी, पुर्व सांसद शंकरप्रसाद पाण्डे, नेता रामचन्द्र पोख्रेल, संविधान सभा सदस्यहरु मोहनप्रसाद पाण्डे, शारदा पौडेल, राजु थापा, प्रदेश संसदीय दलका उपनेता मेखलाल श्रेष्ठ, नेकपाका नेता सन्तोष केसी, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्र गैह्रे, भीरकोट नगरप्रमुख छायाराम खनाल, नेपाल महिला संघकी केन्द्रिय उपाध्यक्ष सरस्वति अर्याल, क्षेत्रिय सभापतिद्धोय तुल्सीराम रेग्मी र अर्जुनप्रकाश अर्याल, स्व. पंगेनीकी छोरी क्रान्ती पंगेनी, स्मारीका संयोजक जिवलाल काफ्ले, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्माललगायतले स्व. पंगेनीको चर्चा गरेका थिए । कार्यक्रममा कमल पंगेनी स्मारिका विमोचन गरीएको छ । काँग्रेस जिल्ला कार्यबहाक सभापति कुमार रानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत कोषाध्यष प्रेमराज पौडेल, सञ्चालन प्रवक्ता ईन्द्र गोदार र धन्यवाद तोयनाथ अर्यालले गरेका थिए ।