सूचना र प्रविधिमा आएको नयाँ आयामसंगै संचार क्षेत्रमा अनलाईन समाचार छिटो र भरपर्दौ माध्यम रहेकोले मोफसलवाट अर्को एउटा तरंगको रुपमा लिइएको हिमदुत डट कमको शुभारम्भ नेपालकै उच्च स्थानमा रहेको ताल तिलिचोवाट शुभारम्भ गरिने भएको छ । स्याङ्जा जिल्लामा कार्यालय रहनेगरी स्थापना गरिएको हिमदुत डट कम अनलाईन समाचार इन्टरनेटको माध्यमवाट पढन र हेर्न मिल्ने समाचारको माध्यम हो । स्याङ्जा जिल्लाका पाँच जना यूवाहरुको लगानीमा सन्चालित अनलाईन जिल्लाकै उत्कृष्ठ संचार माध्यमको रुपमा विकसित गराईने संचालकहरुको दावी रहेको छ ।
जिल्लाको विकासमा समाचार तथा अन्य प्रविधिवाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै हाल वढदै गरेको विकृति र विसंगती र भ्रष्टाचारका विरुद्ध ठाडो प्रहार गरि सभ्य समाज निर्माण गर्ने लक्षका साथ हिमदुत डटकम स्थापना गरिएको सन्चालक अर्जुन वश्यालले जानकारी दिए ।
हिमदुत डट कम वालिङवाट जाने वोलवम यात्राका सहभागीहरुले २३ गते मनाङ जिल्लाको तिलिचो तालवाट व्यानर तथा साइट खोलेर शुभारम्भ गरिने प्रधान सम्पादक प्रदिप कोइरालाले जानकारी दिए । तिलिचो तालमा अनलाईनको व्यानर समेत राखिने छ ।