एजेन्सी । सोनाक्षी सिन्हाको नाम बलिउड स्टारमध्ये यस्तो सूचीमा पर्छ, जहाँ आफ्नो प्रेम जिवन निजी जीवनको बारेमा खासै चर्चामा आउँदिनन् ।
सोनाक्षी प्राय आफ्नो निजी जीन्दगी र विवाहको बारेमा चुपचाप बस्ने गर्छिन् । तर हालै एक अन्तवार्तामा सोनाक्षीले ९ बर्ष पहिलेको लभ लाइफको खुलासा गरेकी छिन् ।
सोनाक्षीले फिल्म इन्डीट्रीभित्रका कोही पुरुषसँग डेट गर्ने सवालमा भनेकी छन्, मेरो आमाबुबा चाहनुहुन्छ कि, म कोही सुशील केटासँग डेट गरौं । उनले भनिन्, बलिउड फिल्म इन्डस्ट्रीमा त्यसतो पुरुष भेटिदैन ।
तर, कुराकानीको क्रममा उनले खुलासा गर्दै भनिन्, मैले अतीतमा बलिउड इन्डस्ट्रकै एक स्टारसँग डेट गरेको थिएँ । तर यो कुरा बाहिर सार्वजनिक भएन ।
उनले थपिन्, म एक स्टारसँग डेटमा थिएँ तर यो कुरा दुनियाँलाई थाहा थिएन ।
भारतीय सञ्चार माध्यमका अनुसार विगत ९ बर्षमा सोनाक्षीको नाम शाहिद कपूर र लुटेराु शुटीङको बेलामा रणवीर सिंहसँग जोडिएको थियो । यसैक्रममा यो भन्न सकिन्छ कि, सोनाक्षीले यी दुई स्टारमध्ये कुनै एकको कुरा त गरेकी होइनिन् र