काठमाडाै । नेपाल कम्युनिष्ट पार्टी नेकपा दुवै समूहका स्थायी कमिटी बैठक आज बस्दैछ। प्रधानमन्त्री केपी ओली पक्षले बालुवाटार र प्रचण्ड–माधव नेपाल पक्षले कोटेश्वरमा बैठक बोलाएका हुन् ।
ओलीले नेतृत्व गरेको नेकपाको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ भने प्रचण्ड(नेपाल नेतृत्वको नेकपा स्थायी कमिटी बैठक पेरिस डाँडामा बस्दैछ।
ओली पक्षको बैठक बालुवाटारमा जारी छ भने प्रचण्ड–माधव पक्षको बैठक दिउँसो ३ बजेबाट बस्दैछ । कोटेश्वरमा बस्ने बैठकमा ओलीको संसद विघटन गर्ने प्रतिगामी कदमविरुद्धको आन्दोलन र सांगठानिक विषयमा छलफल गर्ने नेता योगेश भट्टराईले जानकारी दिए ।