नेपाली कांग्रेसले पुस १६ गते ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउन पार्टीका नेताहरूलाई जिल्लामा खटाएको थियो ।
पर्वतको हटियामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य मोहन पाण्डेले वि.सं. २०३३ पुस १६ गते बीपी कोइराला, गणेशमान सिंहलगायत नेता आठ वर्ष भारत निर्वासनबाट नेपाल फर्केको दिनको स्मरणमा कांग्रेसले मेलमिलाप दिवस मनाउँदै आएको नेता पाण्डेले बताएका थिए ।
कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका नेता मोहन पाण्डेले सरकारले गरेको गलत कदम प्रती आफ्नो धारणा राखेका थिए ।
नेता पाण्डेले प्रधानमन्त्री केपि ओलिले कहि कतै उल्लेख नभएको संसद विघटन जस्तो राष्ट्रघाती काम संविधान माथी प्रहार गर्ने काम गरेको बताए । उनले भने रास्ट्रपति जस्तो गरिमामय पदमा बसेर विधादेवी भण्डारिले परामर्श विना गरेको कार्य नसुहाएको बताए ।
प्रधानमन्त्री ओलिले दुइतिहाइ जस्तो सरकार पाउँदा पनि चलाउन सक्ने क्षेमता भएन अनि संविधानको कार्यतालिकामा नभएको कुरालाइ पनि छ भन्दै सजिलै सङ्ग संसद विघटन गर्दिनु भयो
काङ्ग्रेस नेता मोहन पाण्डेले पार्टिमा कसैले कसैलाइ नदबाइ एकले अर्को लाई साथ दिएर एकजुट भइ अघि बढे नेपाली काङ्ग्रेस अझै मजबुत हुने तर्क दिए।