काठमाडौं– नेपाली कांग्रेसका नेता धनराज गुरुङले मध्यावधि चुनावको बल्छीको आहारामा कोही पनि भुल्न नहुने बताएका छन्।
सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले बल्छीको आहारामा लोभिएर असंवैधानिक कदम चाल्नेकोपछि लाग्दा लोकतन्त्र नै गुम्ने अवस्था आउने बताएका हुन्।
‘संविधान विपरीत प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले चलाएको मध्यावधि चुनावको बल्छीको आहारामा कोही नलोभिऔं। बल्छीको आहारामा लोभिएर असंवैधानिक कदम चाल्नेकोपछि लाग्दा लोकतन्त्र नै गुम्ने अवस्था आउन सक्छ,’ उनले भनेका छन्, ‘अहिले उम्मेदवार बन्ने रहरभन्दा अधिनायकवादविरुद्ध लड्ने बेला हो।’