७ मंसिर, स्याङ्जा ।
स्याङ्जाका कालिगण्डकी गाउपालिकाका सत्तारुढ दल नेकपाबाट असन्तुष्ट युवा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
स्याङ्जाको कालीगण्डकी गाउपालिका पाँचका ५० जाना युवाहरु नेकपा छाडी कांग्रेस प्रवेश गरेका छन । उनीहरुलाई नेपाली काङ्ग्रेस स्याङ्जाका कार्यवाहक सभापती कुमार राना तथा नेपाली कांग्रेसका युवा नेता एवम् गण्डकी प्रदेश सांसद भागवत प्रकाश मल्ल ,माहासमिती सदस्य स्याम प्रशाद बस्याल, स्याङ्जा काङ्ग्रेसका नेता शालिकराम न्यौपानेले पार्टीमा अबिरमाला लगाएर स्वागत गरेका थिए ।
उक्त कार्यक्रम मेसोभञ्ज्याङ्मा विष्णु बहादुर थापाको नेतृत्वमा २१ जाना नेकपा कार्यकर्ता काङ्ग्रेसमा प्रवेश गरेका हुन ।
युवाहरुले कांग्रेसमा आकर्षित रहेको र नेकपाका नेताहरुलाई समाज र जनताप्रति चिन्ता नहुँदा युवाहरुको आशा कांग्रेसमै रहेको कांग्रेसको बुझाई रहेको उनिहरुको भनाइ छ ।उनीहरुले नेकपा अराजकतातर्फ गईरहेको, चुनावमा बोलेका बाचा पुरा नगरेको, जनतालाई महंगीको मारमा पारेको, कम्युनिष्ट सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेकाले परित्याग गर्नु परेको बताएका छन् । दुई तिहाइको कम्युनिष्ट पार्टीको सरकार देश र जनताको विकासभन्दा पनि अनियमितता र भ्रष्टाचारमा लिप्त भएको नवप्रवेशीहरुले आरोप लगाएका छन् ।
यस्तै करेभन्ज्याङमा भएको कार्यक्रममा ३० भन्दा धेरै कार्यकर्ता पार्टी प्रवेश गरेका हुन् । स्थानीय माथवरसिंह थापाको नेतृत्वमा उनीहरु कांग्रेस प्रवेश गरेका हुन् । करेभन्याङका केही कांग्रेस कार्यकर्ताले आफूहरुलाई जवरजस्ती नेकपा प्रवेश गराईएको गुुनाशो गरेकाछन् । आफूहरु कांग्रेस र लोकतन्त्र प्रति प्रतिबद्ध रहेको उनीहरुको भनाई छ । दुबै कार्यक्रममा कार्यबाहक सभापति राना, सांसद मल्ल सहित महासमिति सदस्य श्याम बश्याल,प्रजातान्त्रीक महासंघ स्याङजाका सभापति श्याम भण्डारी,स्थानीय समन्वय बिभागका केन्द्रीय सदस्य लालगोपाल अर्याल,कांग्रेस जिल्ला सदस्य पृथ्वी पोख्रेल,तरुणदल स्याङजाका सचिव चन्द्र राना,नेविसंघ क्षेत्रीय सभापति धनराज पौडेल, शालिकराम न्यौपाने,सीता डुम्रे,कृष्ण प्रसाद भट्टराई, प्रतिमा भट्टराई बश्याल, लक्ष्मण भुषाल लगायतको उपस्थिती रहेको थियो ।