वालिङ, ३० कार्तिक । भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुनै पनि हालतमा नफुट्ने बताएकी छ्न ।
स्याङ्जाको वालिङ त्रियासी स्थीत आफ्नै निवासमा पत्रकारहरु संग भेट गर्दै मन्त्री अर्यालले एउटा जीवन्त र गतिशिल पार्टी भित्र छलफल र वहस चल्नु स्वभाविक भएको बताइन । अर्यालले नेकपा भित्र भएको वादविवाद पार्टीको नियन्त्रण भित्र रहेको दावी गर्दै कुनैपनि हालतमा पार्टी नफुटने ठोकुवा गरिन ।
मन्त्री अर्यालले अहिलेको नेकपा फुटको शिक्षा लिएर आएको पार्टी भएकाले पार्टी फुटाउने मनस्थीतीमा दुवै अध्यक्ष नरहेको दावी गरेकि छन् । उनले नेकपा भित्र भएको विवाद नितिगत विवाद नभएर कार्यशैलिगत विवाद भएको भन्दै विचारका विवाद महादिवेसनबाट टुङ्गो लाग्ने बताइन । यस्तै फरक प्रसंगमा मन्त्री अर्यालले कोभिडलाई नियन्त्रणमा लिएर सकार द्रुत गतिमा अगाडी बढ्ने बताउदै स्वास्थ्य मापदण्ड पालना गर्दै विकास निर्माणमा अगाडी बढ्नेमा जोड दिइन ।
अन्तराष्ट्रिय रुपमा तयार भएका कोरोना विरुद्धको खोपलाई सरकारले प्रयोगमा ल्याउन लागेको भन्दै पुष देखि क्रमिक रुपमा कोरोना नियन्त्रण हुने विश्वास व्यक्त गरिन । ‘अब कोभिडकै विचबाट भएपनि सतर्कताका साथ विकासका काम गर्न सरकार अगाडि वढेको छ ।’ मन्त्री अर्यालले भनिन् , यस बर्ष गतसालको क्षतीपुर्ती गर्ने गरी विकासका काममा अगाडि बढेका छौँ ।