Himdut.com
२० असोज ,,
नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघले क्याटरिङ तथा पार्टी प्यालेस सञ्चालनमा रोक लगाउनु खेदपूर्ण भएको भन्दै तत्काल सञ्चालन अनुमति दिन माग गरेको छ । महासंघले आफूहरुको व्यवसाय सञ्चालन गर्न रोक लगाइएको भन्दा आपत्ति जनाएको हो । महासंघले भनेको छ, “नेपाल सरकारले क्याटरिङ तथा पार्टी प्यालेस जस्तै समान प्रकृतिका व्यवसाय (होटल, रेष्टुरेन्ट ,सपिङ्ग मल र पूर्णरुपमा हवाइ उडानका साथै यातयात) लगायत सञ्चालनको अनुमति दिँदा पनि हाम्रा क्याटरिङ तथा पार्टी प्यालेस सञ्चालनमा रोक लगाउनु अत्यन्तै खेदपूर्ण छ ।” महासंघका अध्यक्ष लिलाबहादुर जिसीले व्यवसाय व्यवसायीको लागि मात्रै नभएर राज्यको लागि भएको उल्लेख गर्दै यथाश्यक चाँडो पार्टी प्यालेस तथा क्याटरिङ खुलाउनुपर्ने बताए । “व्यवसाय व्यवसायीका लागि मात्रै नभइ, राज्यको लागि हो” उनले भने, “हामीले तिरेको करबाट अर्थतन्त्र बलियो बन्छ । बेरोजगारीको अन्त्य हुन्छ । व्यवसायीहरुले बैंक तथा वित्तिय संस्थाबाट लोन लिएर काम गरेका छौं । यसले गर्दा बैंक तथा वित्तीय संस्था पनि टिक्नका लागि लागि टेवा पुग्छ ।” उनले आफूहरुको व्यवसायजस्तै समान प्रकृतिका व्यवसाय सञ्चालन भइरहेको अवस्थामा पार्टी प्यालेस मात्र बन्द गरिनु दुःखद् भएको टिप्पणी गरे ।
Himdut.com
नेपालको अर्थतन्त्र धान्न मदत गर्ने व्यवसाय क्याटरिङ पनि एक हो,,पुर्वदेखी पश्चिम् सम्म करिव ७००० क्याटरिङ हरु रहेका छ्न देशमा उत्पादन भएका कृषिजन्य वस्तुहरु २५ % हामी क्याटरिङ व्यवसायवालाहरुले खपत गरेका छौ र आफ्ना कर्मचारिलाइ अहिलेसम्म तलबमा राखेका थियौ र अब कठिन बन्दै गएको छ सरकारले उचित र सुरक्षीत उपाए दिएर क्याटरिङलाई फेरि संचालन गर्न दिनुपर्छ भन्दै नेपाल रास्टिय पार्टी प्यालेस क्याटरिङ व्यवसायी माहासङ्गका प्रवक्ता कृष्ण प्रसाद पाण्डेले बताए ।
विषयमा सरकार र सरोकारवाला निकायले गम्भिरता नदेखाउँदा सिंगो अर्थतन्त्र र बेरोजगारीको समस्या मुलुकले झेलिरहेको र व्यवसायी पलायन भएर बैंक तथा वित्तीय संस्थाहरु समेत डुब्ने स्थिति पुगेको महासंघको भनाइ छ । महासंघले आफूहरु आम जनताको स्वास्थ्यप्रति गम्भीर रहेको उल्लेख गर्दै अब व्यवसाय सञ्चालन गर्दा भौतिक दूरी कायम गर्ने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क र ग्लभ्स प्रयोग गर्ने प्रतिवद्धता जनाएको छ । त्यस्तै, पार्टी प्यालेसहरुका हलको क्षमताको आधारमा ३५ प्रतिशत मात्र प्रवेशमा गराई व्यवसाय सञ्चालन गर्न तयार रहेको महासंघले स्पष्ट पारेको छ । महासंघले व्यवसाय सञ्चालनका लागि कार्यक्रम स्थलमा प्रवेश गर्ने पाहुनाको नाम, ठेगाना र सम्पर्क लिपीवद्ध गरी राख्न तयार रहेको, पार्टी प्यालेसभित्र रहेका शौचालयलगायतका स्थानहरुमा कार्यक्रम अवधिभर पटक–पटक सेनिटाइज गर्न तयार रहेको जनाएको छ ।