सबिन डोटेल
स्याङ्जा, १९ भदौ ।
गण्डकी प्रदेशका सांसद भागवत प्रकाश मल्ल र स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सहीतको प्राविधिक टोलीले कालीगण्डकी गाँउपालिका स्थित लसर्घा र खहरे पहीरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।
गत असार ३० गते अविरल वर्षाका कारण कालीगण्डकी गाउँ वडा नं ४ खहरेमा माथी बाट आएको पहिरोका कारण तिन जनाको मृत्यू भएको थियो भने एक जना वेपत्ता भएका थिए । अव्यवस्थित तवरवाट ग्रामिण सडक खन्ने कार्यले भुक्षय भई पहिरो गएका कारण उक्त ठाँउले ठूलो प्राकृतिक विपत्ति आइपरेको उल्लेख गर्दै तत्काल उक्त ठाँउलाई सुरक्षित गर्न प्रदेश साँसद भगवत प्रकाश मल्लले सरकार संग माग गरेका छन् ।
टोलीमा सांसद मल्ल सहीत प्रमुख जिल्ला अधिकारी गगां वहादुर क्षेत्री, पुर्व सांसद शंकर प्रसाद पाण्डेय, नेकपा अध्यक्ष पारस गैरे, जिल्ला प्रहरी प्रमुख, पुननिर्माण प्रमुख प्रविन ढकाल, खानेपानी कार्यालयका प्रमुख प्रेमचन्द्र डोटेल, प्राविधिक टिम, गांउपालीका अध्यक्ष खिमवहादुर थापा, उपाध्यक्ष सावित्रा कोईराला लगायतले पहिरो नियन्त्रण र जोखिममा रहेको वस्तीलाई व्यवस्थित गर्न सरकार संग पहल गर्ने वताएका छन् ।
टोलीमा रहेका प्राविधिकहरुले खहरे लाकुर्थोक पहिरो र लसर्घाको पहिरोको रोकथामका लागि डिटेल स्टीमेट सहितको अध्यायन गरेका छन् । अवलोकन पश्चात साँसद मल्लले उक्त ठाँउमा परेको विपत्तिका कारण दुख व्यक्त गर्दै तत्काल पहिरो व्यवस्थापन र जोखिममा रहेका वस्ती व्यवस्थापनको पहल थालनी गर्ने वताएका छन् । पहिरोका कारण घरवार विहिन परिवारलाई पुर्नवासको लागि र यस ठाँउको विकासका लागि स्थानीय पालिका प्रदेश र केन्द्र सम्म पुग्ने विश्वास व्यक्त गरेका थिए ।
पहिरोमा परि स्थानीय ईमान सिं राना, जीमानसिंह थापा र बर्ष ५० का टिका बहादुर थापाको मृत्यु भएको थियो भने साही ठाँउका प्रेम चन्द्र पाण्डे वेपत्ता भएका थिए ।