वालिङ, १७ वैशाख ।
सिंगो मुलुक कोरोना संकटका कारण लकडाउनमा रहेको वेला पोखरा लगायतका ठाँउहरुमा रगतको अभाव भए पछि वालिङ नगरपालिका क्षेत्र भित्र रहेका रेडक्रसका उपशाखाहरुको संयोजनमा आयोजना गरिएको बृहत रक्तदान कार्यक्रममा रक्तदाताहरुको उत्साहजनक उपस्थितीले १ सय ७१ युनिट रगत संकलन भएको छ ।
वालिङ नगरपालिकाको पाङ्गणमा गरिएको रक्तदान कार्यक्रममा १ सय ७१ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक विष्णूप्रताप खाँणले जानकारी दिए । कार्यक्रम रेडक्रसका नगर क्षेत्रभित्र रहेका ११ वटा उपशाखाको संयोजनमा गरिएको थियो । रक्तदानमा २० जना महिला र १ सय ५१ जना पुरुषले रक्तदान गरेका थिए ।
पोखरा लगायतका अस्पतालहरुमा रगतको अभाव भएको खवर आए पछि वालिङमा रहेका बिभिन्न संघसंस्थासँग समन्वय गरी बृहत रक्तदान कार्यक्रम गरिएको कार्यक्रम संयोजक बिष्णु प्रताप खाँणले जानकारी दिए।
रक्तदान कार्यक्रममा समाजसेवी कृष्ण खाँणले यो संगै आफूले ३७ औं पटक रक्तदान गरेको वताएका छन् । भने वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी निरिक्षक निरन्जन घिमिरेले १७ औं पटक रक्तदान गरेको जानकारी दिएका छन् ।
कार्यक्रमको वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले व्यानर पढेर र स्याङजका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले रगत जम्मा गर्ने व्यागको हस्तान्तरण गरी संयुक्त उद्घाटन गरिएको थियो ।
कोरोना भाइरस कोभिड १९ को माहामारीका कारण नेपालमा मात्र नभई बिश्वभर रगत को अति संकट भएको बेलामा मानव जीवनको रक्षाका लागि लकडाउन जस्तो बिषम परिस्थितिमा पनि सरकारको मापदण्ड अनुसारको सामाजिक दुरी कायम गरी कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएका छन् ।
रक्तदान कार्यक्रममा वालिङ नगरपालिका,वालिङ उद्योग बाणिज्य संघ, पतञ्जली योगपीठ, लायन्स क्लव अफ वालिङ सिटि, वालिङ जेसीज, रोटरी क्लव अफ वालिङ,बोलबम समिति, लियो क्लव अफ वालिङ सिटि,अटो ईन्जिनियरिङ समिति, राधामाधव समिति, गोलोबल अफसेट प्रेस लगायतले सहयोग गरेका रक्तदान कार्यक्रम समन्वय समितिका सचिव दिपक लम्सालले जानकारी दिए।