साईन भिलेज ईन्टरनेशनल स्कूल वालिङ ८ बाट कोभिड १९ प्रभावितका लागि राहत सामाग्री वालिङ नगरपालिकालाई हस्तान्तरण गर्दै ।
स्याङ्जा, १९ चैत ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड- १९) को संक्रमण नियन्त्रणमा लिन नेपाल सरकारले गरेको लक डाउनवाट प्रभावित अति विपन्न परिवारका लागि वालिङ नगरपालिकाले राहत संकलन गरी वितरण गर्ने भएको छ । नेपाल सरकारको राहत संकलन र वितरण कार्य विधि अनुरुप नगरपालिकाले एकद्वार प्रणालीवाट राहत वितरण गर्न लागिएको वालिङ नगरपालिकाले जनाएको छ ।
विभिन्न ब्यक्ति तथा संस्थाले आँफू खुसी राहत वितरण गर्दा दोहोरिने वा नपाउने समस्या हुन सक्ने भएकाले एकद्वार प्रणालीबाट मात्रै वितरण प्रक्रिया अगाडि बढाउने तयारी भएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए । “कुनै पनि ब्यक्ति, संघ संस्थाले सहायताको नाममा चन्दा उठाउन र आँफूखुसी वितरण गर्न नपाउने सम्बन्धी सूचना जारी ग¥यौं” नगर प्रमुख खाँणले भने, “यसलाई प्रभावकारीरुपमा कार्यान्वयनमा जोड दिएका छौं जसले गर्दा सहयोग गर्न चाहनुहुने संघ संस्था तथा ब्यक्तिहरुले नगरपालिकामार्फत सहयोग गर्न पाउनुहुने छ ।”
नेकपा वालिङ नगर कमिटीबाट कोभिड १९ प्रभावितका लागि राहत सामाग्री वालिङ नगरपालिकालाई हस्तान्तरण गर्दै ।
वालिङ नगरपालिकाले ‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ नामको खाता वालिङस्थित नेपाल बैंक लिमिटेडमा खोलेको छ । संकलन भएको राहत रकम सोही कोषमा जम्मा गरी वडा/वडामा रहेको वडास्तरीय समितिमार्फत वितरण गर्ने तयारी भएको नगर प्रमुख खाँणले बताए ।
“वडा/वडामा रहेको समितिमार्फत कोभिड १९ को संक्रमणबाट गुज्रिरहेको अवस्थामा नपाको प्रभावित नागरिकहरु सिमान्तकृत, गरीब, दैनिक ज्यालादारी, गुजारा ब्यवसाय र सडक जीवन विताईरहेकाहरुको तथ्यांक संकलन गरी नगरका १४ वटै वडामा अति विपन्न तथा खाद्यान्नको अभाव भएकाहरुको विवरणका आधारमा नेपाल सरकारको राहत संकलन तथा वितरण कार्यविधि अनुरुप करीब एक महीनालाई पुग्ने गरी वितरण गर्न लागिएको वताइएको छ ।
वालिङ ८ निवासी तोयप्रसाद कडेलबाट कोभिड १९ प्रभावितका लागि राहत सामाग्री वालिङ नगरपालिकालाई हस्तान्तरण गर्दै ।
वालिङ नगरपालिकाले स्थापना गरेको राहत कोषमा स्वेच्छिकरुपमा सहयोग गर्न चाहने ब्यक्ति तथा संघ संस्थामार्फत प्राप्त रकम स्वीकार गर्ने कार्यविधि बनाएको पनि नगरपालिकाले जनाएको छ । नगर प्रमुख खाँणले भने, “संकलन भएको र प्रदेशबाट आएको रकममा नगरपालिकाबाट पनि थप गरी राहत वितरण गर्ने तयारीमा छौं ।”
नेपाली काँग्रेस वालिङ नगर कार्यबहाक सभापति भीमलाल सुबेदी र बिजया सुबेदीको तर्फवाट कोभिड १९ प्रभावितका लागि राहत सामाग्री वालिङ नगरपालिकालाई हस्तान्तरण गर्दै ।
नगरपालिकामार्फत राहत वितरण गर्नका लागि गण्डकी प्रदेश सरकारबाट दश लाख प्राप्त भएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम सापकोटाले जानकारी दिए । वालिङ नगरपालिकाले स्थापना गरेको राहत कोषमा बुधबार साँझसम्म रु. एक लाख २२ हजार एक सय ६६ संकलन भएको प्रमुख प्रशासकीय अधिकृत सापकोटाले जानकारी दिए ।
वालिङ नगरपालिकाको कोभिड १९ राहत कोषको नेपाल बैंक लिमिटेड वालिङको खाता नं. ०८३००१०६८३३२६७०००००१ मा ईच्छुक संघ संस्था तथा ब्यक्तिगत र संस्थागत सहयोग रकम जम्मा गरी बैंक भौचरको प्रति नगरपालिका कार्यालयमा उपलब्ध गराउन हुन पनि नगरपालिकाले अनुरोध गरेको छ ।
नगर प्रमुख अध्यक्ष रहने गरी ‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ सञ्चालक समिति गठन गरिएको छ । भने राहत कोषलाई पारदर्शी हिसावशले सन्चालन गर्नका लागि नेपाल बैंक लिमिटेड वालिङ शाखामा रहेको खाता ईलाका प्रशासन कार्यालय वालिङका प्रमुख दामोदर शर्मा, प्रमुख प्रशासकीय अधिकृत बाबुराम सापकोटा र नपाका लेखा अधिकृत ज्ञानप्रसाद अर्यालको संयुक्त दस्तखतबाट सञ्चालन गर्ने निर्णय भएको छ । कुनै पनि संघ संस्था तथा ब्यक्तिले सहायताको नाममा चन्दा उठाउन र आँफूखुसी सहायता वितरण नगर्न वालिङ नगरपालिकाले आग्रह गरेको छ ।
रोटरी क्लब अफ वालिङको तर्फवाट कोभिड १९ प्रभावितका लागि राहत सामाग्री वालिङ नगरपालिकालाई हस्तान्तरण गर्दै ।
नगरपालिकाले स्थापना गरेको कोषमा साईन भिलेज ईन्टरनेशनल स्कूल वालिङ ८ बाट ५० हजार, स्वाभिमान महिला वचत तथा ऋण सहकारी संस्था वालिङ १० बाट २० हजार, वालिङ १० निवासी अमुल गैह्रे र आस्था गैह्रेबाट १० हजार, रोटरी क्लब अफ वालिङबाट २० हजार बराबरको खाद्यान्न, नेकपा वालिङ नगर कमिटीबाट ११ हजार १११, मासु ब्यावसायी समिति वालिङबाट ५ हजार, वालिङ ८ निवासी तोयप्रसाद कडेलबाट २१ हजार ५५ र नेपाली काँग्रेस वालिङ नगर कार्यबहाक सभापति भीमलाल सुबेदी र बिजया सुबेदीबाट ५ हजार रुपैयाँ संकलन भएसँगै बैंक खातामा जम्मा गरिएको सहायक लेखापाल ईश्वरीप्रसाद तिवारीले जानकारी दिए ।
मासु ब्यावसायी समिति वालिङको तर्फवाट कोभिड १९ प्रभावितका लागि राहत रकम वालिङ नगरपालिकालाई हस्तान्तरण गर्दै ।