स्याङजा, ११ फागुन ।
नेपाल सरकार भूमि व्यवस्था सहकारी तथा गरिबी निबारण मन्त्री पद्मा कुमारी अर्यालले जनतामा निरासा भन्दा आशा जगाउने सन्देश दिन सबै राजनीतिक दललाई आग्रह गरेकी छन् । जनतामा नकरात्मक सन्देश फैलाउदा जनतामा निरासा हुने गरेको मन्त्री अर्यालको भनाई थियो ।
स्याङजाको भीरकोट उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रो भीरकोट महोत्सबको समापन गर्दै मन्त्री अर्यालले सबै राजनैतिक दल मिलेर जनताको विकास र समृद्धिको लागि एकता आवश्यक रहेको वताएकी छन् ।
जनतालाई वितृष्णा फैलाउने प्रवृतिले देशमा ठूलो दुर्घटना निम्तिन सक्छ । गणतन्त्र जनताको नासो हो राजनीतिक स्वार्थका लागि जनताको नासोमाथि खेलबाड गर्ने काम नगर्न मन्त्री अर्यालले आग्रह गरेकी छन् ।
यस्ता मेला महोत्सवले जिल्लाको आर्थिक गतिविधि सगै पर्यटनको विकासमा टेवा पुग्ने उल्लेख गर्दै मन्त्री अर्यालले सरकार मुलुकलाई समृद्धिको बाटोमा गुडाई रहेको हुँदा सरकारलाई साथ दिन मन्त्री अर्यालले सबैलाई आग्रह गरिन् ।
स्याङ्जाको विकासमा आफुले कुनै कसुर बाकी नराख्ने बताउदै नेकपाले जितेको स्थानीय तहलाई धेरै र काँग्रेसले जितेको स्थानीय तहमा थोरै सहयोग नगरी समान रुपले काम गरेको मन्त्री अर्यालको दावी थियो । यस क्षेत्रको विकासका लागि यस भन्दा अगाडीका सरकारले गर्न नसकेको सिद्धार्थ राजमार्ग चार लेनको हुने गरी विस्तारका लागि यो सरकारले प्रकृया थालनी गरिसकेको जानकारी दिएकी थिइन् ।
फागुन १ गते देखि संचालन गरिएको महोत्सबको समापनमा बोल्दै नेपाली काँग्रेसका केन्दिय सदस्य एबं संबिधान सभा सदस्य मिन विश्वकर्माले मुहानमा शुद्धिकरण गर्न आबश्यक रहेको बताउँदै बालुवाटार र सिहंदरबारमा बसेर ऐन मार्फत भ्रष्टचार गर्नेलाई शुद्धिकरण गर्न आबश्यक रहेको औँल्याए । सरकारलाई राम्रा काममा प्रतिपक्ष दल नेपाली काँग्रेसले सहयोग गरेको बताउदै पुर्व उद्योग मन्त्री समेत रहेका विश्वकर्माले सरकारले गरेका नराम्रा गतिविधिमा भने काग्रेस चुप लागेर नबस्ने दावी गरे ।
सरकारमै रहेका मन्त्रीहरु भष्ट्रचारमा लाग्न थालेपछि कसरी मुलुकको समृद्ध हासिल हुन्छ भन्दै प्रति प्रश्न गरे ।
एघार दिनसम्म जारी महोत्सबमा कला संस्कती झल्किने सांस्कृतिक प्रदर्शनी , आँधिखोलामा डुङ्गा , नौमती बाजा प्रदर्शन, भलिबल प्रतियोगिता सगै स्थानीय उत्पादनलाई जोड दिइएको थियो । उक्त महोत्सवमा ३ लाख पचास हजार दर्शकले अबलोकन गर्ने र ४ करोडको कारोबार गर्ने लक्ष्य राखिएको महोत्सब मुल समारोह समितिका महासचिब नुवादत्त अर्यालले जानकारी दिए ।
भीरकोट महोत्सवले सरकारले घोषणा गरेको २०२० लाई सफल बनाउन आयोजना गरिएको महोत्सवले थप सहयोग मिलेको महोत्सवका अध्यक्ष भक्तबहादुर केसीले बताए । सरकार नीजि क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सकरात्मक नहुदा पनि मेला महोत्सवले स्थानीय पर्यटन, कला र कृषिलाई बढावा दिएको उनले बताए । स्थानीय स्तरमा महोत्सवले देखाएको भुमिकाको स्थानीय सरकार भीरकोटका उपप्रमुख सिमाकेसी कर्माचार्यले प्रशंसा गरिन् । फागुन १ गतेदेखि महोत्सव आयोजना गरिएको थियो ।