काठमाडौं, ८ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले दिएको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा स्वीकृत गरेका हुन् ।
मन्त्री बाँस्कोटाले सेक्यूरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड कमिसन मागेको अडियो सहितको समाचार सार्वजनिक भएपछि नैतिकताको आधार देखाउँदै पदबाट राजीनामा दिएका थिए ।
बिहीबार धनगढीबाट काठमाडौं फर्किएका बाँस्कोटाले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई राजीनामा बुझाएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बास्कोटाले दिएको राजीनामा स्वीकृत गरेकी हुन् ।
अब सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्रालयको जिम्मा अर्थमन्त्री डा। युवराज खतिवडाले सम्हाल्ने गरी तोकिएको छ भने सहरी विकास मन्त्रालयको जिम्मेवारी वसन्त नेम्वाङलाई दिइएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
वसन्त नेम्वाङले अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हाल्दै आएका थिए ।