काठमाडौं, ३ फागुन । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले दुई वर्षमा दुईवटापनि राम्रो काम गर्न नसकेको प्रतिक्रिया दिएका छन् ।
शनिवार प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका दुई वर्षका काम र प्रगतिको विषयमा जानकारी गराएपछि कांग्रेस सभापति देउवाले सरकारले दुईवटा पनि राम्रो काम गर्न नसकेको बताएका हुन् ।
संसद बैठकपछि पत्रकारहरुसँग छोटो कुरा गर्दै सभापति देउवाले भने ‘सरकारले दुई वर्षमा दुईवटा पनि महत्वपूर्ण काम गरेको देखिदैन् ।’