स्याङ्जा—१७, साउन ।
नेपाल सरकारको गरिव पहिचान कार्यक्रम अन्तरगत दोस्रो चरणको कार्यक्रम आज स्याङ्जावाट औपचारिक रुपमा सुरु भएको छ । गरिव पहिचान गरी परिचय पत्र वितरण गरिने कार्यक्रम अनुरुप हरेक घर परिवारमा पुगेर विभिन्न डाटाका आधारमा गरिव घर पहिचान गरिने र सोही आधारमा परिचय पत्र वितरण गरिने कार्यक्रम रहेको भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले वताएकी छन् ।
दोस्रो चरणको कार्यक्रम थप १२ जिल्लाका लागि स्याङ्जाबाट शुभारम्भ गर्दै मन्त्री अर्यालले तिन बष भित्र गरिबीलाई शुन्यमा झार्ने सरकारको लक्ष्य रहेको वताएकी छन् । सरकारले सबै स्थानीय तहहरुमा गणकहरुको व्यवस्था गरेको छ । गणकहरु हरेक नागरिकको घरमा पुगेर चकटीमा बसेर यतार्थ डाटाका आधारमा गरिव घर पहिचान गर्नेछन । सरकारले गरिव पहिचानका लागि सूचक तयार गरेको छ सफ्टवेयरको आधारमा गरिव पहिचान गरेर परिचयपत्र वितरण गर्ने मन्त्री अर्यालले वताइन ।
विगतका बर्षमा कुनै लक्ष्य र हचुवाका आधारमा कार्यक्रम संचालन गरिकाले प्रभावकारी हुन नसकेको मन्त्री अर्यालले वताएकी छन । प्रविधिको उच्चतम प्रयोग गरेर सफ्टवेयरको माध्यमवाट घर—घरमा पुगेर परिवारको डाटा संकलन गरिने छ । जसका कारण कार्यक्रम प्रभावकारी हुने विश्वास मन्त्री अर्यालको छ ।
मानिस गरिब जन्मसिद्ध हुने होइन् मन्त्री अर्यालले भनिन्,“अशिक्षा, पछौटेपन, सामाजिक संस्कार लगायतले मानिसलाई गरिब वनाएको हो ।” तत्पर्यता, धैर्यता र चेतनाले नै जीवन बदलिने भएकाले सरकारको लक्ष परिचयपत्र वितरण गरेर उनीहरुलाई सहयोग मात्र नगरी उनीहरुको जीवननै परिवर्तन गरेर गरिवी उन्मुलन गर्ने हो ।
कार्यक्रमले स्थानीय, प्रदेश सरकारलाई समेत सघाउ पुग्ने मन्त्री अर्यालले बताईन् । १७ प्रतिशत गरिबीको तथ्याङ्कबाट अहिले १३ प्रतिशतमा झरिसकेको बताउदै मन्त्री अर्यालले अबको तिन बर्षमा गरिबीलाई शुन्यमा लैजाने बताईन् ।
गरिब घर परिवार पहिचान तथा परिचयपत्र वितरणको दोस्रो चरणको कार्यक्रम आजबाट ताप्लेजुङ्, धनकुटा, महोत्तरी, काभ्रे, रसुवा, म्याग्दी, लमजुङ्, बाँके, दैलेख, डडेलधुरा, दार्चुला र स्याङ्जामा एकै साथ शुभारम्भ भएको छ । पहिलो चरणमा २६ जिल्लामा शुरु भएको थियो । बाँकी ३९ जिल्लामा छिट्टै सुरु गरिने मन्त्री अर्यालले बताईन् । स्थानीय सरकार र नागरीकलाई यथार्थ डाटा संकलनमा सहयोग पु्याउन आग्रह गरिन् ।
कार्यक्रममा गण्डकी प्रदेशका विद्यायन समितिका सभापति मोहन रेग्मी, संविधान सभाका सदस्य टेकु नेपाली, वालिङ नगरपालिकाका कार्यबहाक नगर प्रमुख कल्पना तिवारी, गल्याङ नगरपालिकाका नगर प्रमुख भुपराज अधिकारी, अर्जुनचौपारी गाँउपालिकाका अध्यक्ष दिर्घनारायण अर्याल, प्रमुख जिल्ला अधिकारी कोषहरी निरौला, नेकपाका जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे, नेपाली काँग्रेसका प्रतिनिधि सरस्वती तिवारी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष राजेन्द्र गैह्रे, जिल्ला समन्वयका कार्यबहाक प्रमुख गुमानसिंह थापा लगायतका बक्ताहरुले सरकारले ल्याएको यो कार्यक्रम अत्यन्तै राम्रो रहेको बताएका थिए । कार्यक्रमलाई प्रभावकारी बनाउन बोल्ने बक्ताहरुले सरकारकालाई आग्रह गरेका थिए ।