भवानी अधिकारी
स्याङजा, १९ पौष ।
नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ स्याङजाको दोश्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनवाट डोलराज गैहेको अध्यक्षता १३ सदस्यीय र ४ सदस्यीय महाधिवेशन प्रतिनिधी चयन गरिएको छ ।
समितिको उपाध्यक्षमा कृष्णप्रसाद अर्याल, सचिवमा कृष्णप्रसाद डुमै, सहसचिव भूपराज भण्डारी, कोषाध्यक्ष रमीला श्रेष्ठ, सदस्य खेम राना, बासु भण्डारी, रमा नेपाली, गंगा पौडेल, कृष्णलाल पाण्डे, थानप्रसाद तिवारी, नारायण अर्याल, चेतबहादुर कार्की सर्वसम्मत निर्वाचित भएका छन् । यसैगरी, महाधिवेशन प्रतिनिधी गोपाल गिरी, पुरुषोत्तम कोइराला, मदन अर्याल, देवकुमारी श्रेष्ठलाई निर्बिरोध निर्वाचित गरिएको छ ।
अधिवेशनको उद्घाटन नेपाली काँग्रेस स्याङ्जाका कार्यवहाक सभापती वुद्धिवहादुर राना कुमारले गरेका थिए । उद्घाटन सत्रमा रानाले पेशागत दायित्व पुरा गर्दै आफना हक, हित र अधिकारका क्षेत्रमा एकबद्ध भएर लाग्न सुझाव दिएका छन् । राजनीतिक परिवर्तनका लागि सहकार्य गरेका राजनीतिक दलले कस्को प्रतिनिधि भन्दा पनि कस्तो बिधी अपनाएका भन्ने कुरामा कर्मचारी जगत सजग र सचेत बन्नु पर्नेमा उनले जोड दिएका थिए ।
नेपालको संबिधानले दिएका मौलिक अधिकारलाई समेतलाईे हनन हुनेगरी सरकार धमाधम एउटा पक्ष आस्थाका आधारमा एउटा संठगन संरक्षित हुनेगरी कानून निर्माण गरेर जटिलता वनाई रहेको बताउदै रानाले सार्वजनिक पदमा पुगेका ब्यक्तिहरु सार्वजनिक हुन नसकेको र उनीहरुले राजनीतिक आस्थाबाटै नजिक र टाढा राख्दा केही कर्मचारी बर्ग विभेदको शिकार बन्न पुगेको आरोप समेत लगाएका थिए ।
अन्यायका निम्ति लडेका हामी जनताहरुमा अब अन्याय सैह्य नहुने उनको भनाई छ । पेशागत दायित्व र कर्तब्य निर्वाह गर्दा गर्दै आस्थाकै आधारमा कोही अन्यायमा परेमा अन्यायका बिरुद्ध लड्न आफु र आफनो सिंगो पार्टी तयार रहेको बताएका थिए ।
कार्यक्रममा केन्द्रीय अध्यक्ष जनकबहादुर रावल, भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र स्याङजाका प्रमुख बिश्वनाथ गौतम, केन्द्रिय उपाध्यक्ष छवीलाल भट्टराई, केन्द्रीय महासचिव सुरेशकुमार श्रेष्ठ, पूर्व पशु प्राबिधिक कृष्णबहादुर थकाली, नेपाल निजामति कर्मचारी यूनियन (संघ) स्याङजाका अध्यक्ष ज्ञानप्रसाद अर्याल, कास्कीका अध्यक्ष डार्विन लम्साल लगायतले किसानका गोठदेखि ठुल्ठुला फर्मसम्म पुग्नु पर्ने पशु प्राबिधिकलाई राज्यले वेवास्ता गरेको बताउदै राजनीतिक आस्थाकै कारण संघमा आवद्ध कर्मचारीहरु पेलानमा पर्नुका साथै रोजगार समेत खोसिएको जानकारी गराएका थिए ।
नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ स्याङजाका अध्यक्ष गोपाल गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य डोलराज गौतमले स्वागत एवं सचिव पुरुषोत्तम कोइरालाले संचालन गरेका थिए ।