काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरुलाई परिवर्तनको अनुभुत हुने गरी काम गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारको समृद्ध नेपाल सुखी नेपालीको नारालाई सम्भव बनाउने गरी काम गर्न नयाँ मन्त्रीहरुलाई निर्देशन दिएका हुन् । उनले गएको चौमासिकमा सरकारले अपेक्षा अनुरुप काम गर्न नसकेको भन्दै परिवतर्नको अनुभुत हुने गरी काम गर्नमा सबैलाई आग्रह गरेका छन्।
गएको चार महिनामा ५० प्रतिशत काम पनि गर्न पनि नसकेको स्वीकार्दै प्रधानमन्त्रीले अबको चार महिनामा ५० प्रतिशत भन्दा धेरै काम गर्न मन्त्रीहरुलाई निर्देशन दिए ।
मन्त्रीहरुको स्वागत कार्यक्रममा प्रधानमन्त्री अोलीले सीमा समस्या हल गर्न सरकार लागिपरेको समेत वताएका थिए ।