वालिङ, ४ मंसिर ।
स्याङ्जा जिल्लाको सबैभन्दा ठूलो सहकारी संस्था उपकार बचत तथा ऋण सहकारी संस्थाको २७ औं आधारण सभा तथा आठौं अधिवेशनको वुधवार उद्घाटन गरिएको छ । वालिङ स्थित खेलमैदानमा आयोजना गरिएको अधिवेशन उद्घाटन समारोहको गण्डकी प्रदेशका विधायन समितिका सभापति एवम् प्रदेश सांसद मोहन रेग्मीले उद्घाटन गरेका हुन् ।
अधिवेशनको उद्घाटन समारोहमा बोल्दै सांसद रेग्मीले मुलुकमा लामो समयसम्म अस्थिर रहेको राजनीति द्वन्द्व सकिए संगै मुलुक अव समृद्धिका लागी सहकार्यको खाँचो रहेको बताएका छन् । उनले तीन खम्बे अर्थनीतिमा सहकारी एउटा खम्बा भएकाले मुलुकको अर्थतन्त्रमा सहकारीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । मुलुकको बिकास समृद्धिकालागि सहकारीका माध्यमबाट सीप बिकास तथा आयमुलक कार्यक्रमहरु सञ्चालन गर्न पनि सुझाव दिएका छन् ।
‘अब सहकारीले उत्पादनमा जोड दिनुपर्छ । उत्पादनबिना देश विकास सम्भव छैन्’ उनले भने । सहकारीले कृषि, उद्यमशीलता, स्वरोजगार र गरिबी उन्मुलनमा ध्यान दिन उनले आग्रह थियो । संघिय, प्रदेश र स्थानीय तहको समन्वयले मात्रै जनताको आकांक्षा अनुसार काम गर्न सकिने भन्दै उनले अहिलेको सरकार सहकारी मैत्री बनेको बताएका थिए । स्वाभिमान र राष्ट्रियताका निम्ति सबै राजनितिक दल एक भएर मुलुकको स्वाधीनता अडिग हुनुपर्ने समेत उनको भनाई थियो ।
सोही समारोहका बिच उपकार बचत तथा ऋण सहकारी संस्थाको एटिएम कार्डको समेत शुभारम्भ गरेका थिए । सहकारीले एटिएम मेसिन सन्चालन गरेको जिल्लामै पहिलो भएको छ ।
कार्यक्रममा जिल्ला बचत सहकारी संघका जिल्ला अध्यक्ष रविन्द श्रेष्ठ, उद्योग वाणिज्य संघ वालिङका अध्यक्ष शोभाकान्त पौडेल लगायतले सहकारीलाई अनुशासित र व्यवस्थित गराउनु अहिलेको मुख्य अवश्यकता रहेको वताएका थिए । संस्थाका अध्यक्ष पुण्यप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष लक्ष्मीपति पौडेल र सञ्चालन सचिव दिपेन्द्र गैह्रेले गरेका थिए । कार्यक्रममा अध्यक्ष अर्यालले सहकारीको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा गत आर्थिक वर्षमा संस्थाले २ करोड ५० लाख मुनाफा गरेको उल्लेख छ । साधारण सभामा सेयर सदस्यका छोरा छोरी मध्ये उत्कृष्ठ जिपिए प्राप्त गर्ने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । प्रि–पाईमेरी र प्राईमेरीतर्फ ५४ जना, निमावी तर्फ ६ जना र एसईई तर्फ २ जनालाई प्रसंशा पत्र र नगद सहित सम्मान गरिएको थियोे ।
२०५० सालमा स्थापना भएको सहकारीले वालिङ नगरपालिकाको वालिङ बजार, बायँटारी, कालीगण्डकी गाउँपालिकाको मिर्मी र चापाकोट नगरपालिकाको दामाचौरमा गरी चार वटा सेवा केन्द्र मार्फत आफ्नो कारोवार सञ्चालन सन्चालन गर्दै आएको छ । सहकारीले वालिङमा आप्mनै भवनमा प्रधान कार्यालय राखेको छ । जिल्लाकै मात्र नभई गण्डकी प्रदेशमै नमूना सहकारीका रुपमा स्थापित भएको संस्थाको दावी छ । वालिङ, गल्याङ, भीरकोट, चापाकोट गरी चार नगरपालिका र कालीगण्डकी तथा बिरुवा गाउँपालिकाका साथै हरिनास गाउँपालिकाका केही भागसम्म कार्यक्षेत्र विस्तार गरेको सहकारीमा छ हजार चार सय ४१ शेयर सदस्य रहेका छन् ।
सहकारीमा गत असार मसान्तसम्म शेयर पूँजी रु.छ करोड ४४ लाख ४७ हजार सात सय रहेको छ भन,े निक्षेप रु. ४६ करोड १३ लाख ६६ हजार चार सय ३५ रहेको छ । भने, कर्जा लगानी रु.५४ करोड १९ लाख ७२ हजार चार सय ३५ गरी संस्थाको कूल कारोवार रु.७० करोड ४४ लाख ७८ हजार आठ सय ७४ रहेको सहकारीले जनाएको छ ।
निर्वाचन प्रकृया सुरु
उपकार बचत तथा ऋण सहकारी संस्थाको आठौं अधिवेशनका लागि संस्थाले वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीको संयोजकत्वमा ईलाका प्रशासन कार्यालय वालिङका प्रमुख दामोदर शर्मा पंगेनी र संस्थकै कर्मचारी झलकनारायण पाण्डेलाई निर्वाचन समितीको जिम्मेवारी प्रदान गरेको छ । समितीले वुधवारै निर्वाचन कार्यतालिका सार्वजानिक गरेको छ ।
निर्वाचन कार्यतालिका अनुसार मददाता नामावली प्रकाशन र उमेदवारको मनोनयन दर्ता समेत सम्पन्न गरि उमेद्वारहरुको नामावली सार्वजानिक गरेको छ ।
निर्वाचन समितीले सार्वजानिक गरेको नामावली अनुसार अध्यक्ष पदमा पाँच जना, उपाध्यक्ष पदमा दुई जना सचिवमा चार जना, कोषाध्यक्षमा दुई जना, महिला सदस्य पदमा आठ जना र संचालक सदस्य पदमा १७ जनाको उमेद्वारी रहेको निर्वाचन समितीका सदस्य दामोदर शर्माले जानकारी दिए । यसैगरी लेखा तथा सुपरिवेक्षण समितीको संयोजक पदमा तिन जना र सदस्यमा पाँच जनाको उमेद्वारी रहेको छ । भने, ऋण उपसमिती सदस्य पदमा तिन जनाको उमेद्वारी परेको छ ।
उमेदवारहरुको नामावली यस प्रकार रहेको छ ।