सीमा अतिक्रमणको विरोधमा तरुण दलले निकालेको र्याली। तस्बिर : भवानी अधिकारी
स्याङ्जा, २५ कात्तिक ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल स्याङ्जाले भारतले अतिक्रमित भू(भाग तत्काल फिर्ता गर्न माग गर्दै सोमबार स्याङ्जा सदरमुकाममा विरोध प्रदर्शन गरेको छ।
पुतलीबजार नगरपालिका १ स्थित पार्टीको मुख्यालयबाट निस्केको तरुणहरुको बृहत र्यालीमा नारा लगाउँदै अभियानपथ, चौकी, वीपी चोक, हुलाकमार्ग, रेडियोचोकहुँदै सहिदचोकमा पुगेर कोणसभामा परिणत भएको छ।
सीमा अतिक्रमणको विरोधमा तरुण दलले निकालेको र्याली। तस्बिर : भवानी अधिकारी
कोणसभामा बोल्दै नेपाली कांग्रेसका कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) वीर नेपाली पूर्खाहरुको अुलनीय योगदानबाट सिर्जित गौरवशाली इतिहास बोकेको सार्वभौम नेपालको सीमा शक्तिशाली राष्ट्र भारतले हडप्न खोज्नु राम्रो संकेत नभएको बताउँदै एक चिम्टी नेपाली माटोको पनि रक्षार्थ सिंगो नेपाली कांग्रेस पार्टी र सबै भातृसंगठन तयार रहेको बताए ।
एशियाली मुलुकका उदयमान शक्तिका रुपमा रहेको शक्तिशाली राष्ट्र भारतले सानो मुलुक नेपालको कालापानी, लिम्पुयाधारा र लिपुलेक जस्ता भू-भाग अतिक्रमित गर्नु लज्जास्पद रहेको बताउँदै नेपाल सरकारले तत्काल सीमा सुरक्षाका लागि कुटनीतिक पहल गरेर तत्काल समस्या समाधानमा केन्द्रित हुन सभापति रानाले आग्रह गरे ।
विरोध सभामा महासमिति सदस्य हिरादेवी शर्मा, तरुण दलका उपसभापति रविन केसी, सचिव, चन्द्र राना, नेपाल विद्यार्थीं संघका अध्यक्ष अजित क्षेत्रीलगायतले भारतीय नक्सामा देखाइएको नक्सा अमान्य घोषित गर्न पहिला कुटनीतिक पहल र त्यसपछि अन्र्तराष्ट्रिय अदालतसम्म जान सरकारलाई सुझाव दिए ।
सीमा अतिक्रमणको विरोधमा तरुण दलले निकालेको र्याली। तस्बिर : भवानी अधिकारी
वक्ताले सगरमाथा कस्को भन्ने विषयमा बहस चल्दा तत्कालिन प्रधानमन्त्री वीपी कोइरालाले चीन भ्रमणगरी माओसँग वार्ता मार्फत सगरमाथा नेपालकै भनेपछि चीनले त्यसपछि सगरमाथाका बारेमा कहिल्यै कुरा उठाउन नसकेको भन्दै स्मरण गराउँदै वर्तमान प्रधानमन्त्रीले पनि सोको पहल कदमी लिन आग्रह गरेका छन् ।
तरुण नेताहरुले भारतीय विस्तारवाद मूर्दावाद, छिमेकी बलमिच्चाई मूर्दावाद, छिमेकी मित्रता कायम गर, भारतीय दलाल मूर्दावाद, नेपाल तरुण दल जिन्दावादलगायतका नारा लगाएको थियो।