स्याङ्जा, २५ कात्तिक
नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दल स्याङ्जा क्षेत्र नं. १ अन्र्तगत क्षेत्रीय तरुण दलको आयोजनामा शुक्रवार पुतलीबजार नगरपालिका ११ करेण्डाडामा तरुण भेटघाट एवं समसामयिक बिषयमा अन्र्तक्रिया गरिएको छ ।
अन्र्तक्रियाको उदघाटन गर्दै संबिधानसभा सदस्य एवं नेपाली कांग्रेस महासमिति सदस्य राजु थापाले बर्तमान सरकारका क्रियाकलाप निरंकुशतातर्फ उन्मुख रहेकोे बताउदै जनअपेक्षा अनुरुपका काम गर्न नसकेकोमा जोड दिए । तरुण युवाहरुको सहकार्य बिना मुलुकको दिगो विकास र समृद्धी संभव नभएको बताउदै थापाले तरुण युवालाई स्वेदेशमा रोजगार दिने उदघोष गरेको सरकारले काम गर्न नसकेको बताए । युवा नेता थापाले सरकार नागरिकका अधिकार खुम्च्याउन उद्दद छ । नागरिकले जान्न पाउने संबैधानिक अधिकारवाट बन्चित गराउन बिभिन्न प्रपंच रच्दै आएको आरोप लगाएका छन् ।
कार्यक्रममा तरुण दलका अध्यक्ष एवं प्रदेशसभा सदस्य भागवतप्रकाश मल्ल, नेपाली कांग्रेस जिल्ला सदस्य तारा मल्ल, वडा अध्यक्ष भवानीप्रसाद लामिछाने, पुतलीबजार नगर सदस्य मनोज पौडेल, वडा सदस्य सुरजकुमार अधिकारी, नेपाल निजामति कर्मचारी संघ÷युनियनका पूर्व अध्यक्ष अनन्तनारायण अर्याल, उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नवराज सुवेदी, नेपाल बिद्यार्थी संघका क्षेत्रीय सभपाति बिज्ञान भण्डारी, तरुण दलका क्षेत्रीय सदस्य शम्भु गुरुङ, रबि थापा, किशोर पौडेल, कमल पौडेल लगायतले ले मुलुकमा ब्याप्त हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार र अनियमितालाई तरुण युवाले निगरानी बढाउनु पर्नेमा जोड दिएका थिए ।
क्षेत्रीय अध्यक्ष कुमबहादुर गुरुङ ‘बाबु’ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बोधराज अर्यालले स्वागत एवं सहसचिव सन्तोष नेपालले संचालन गरेका थिए ।