एजेन्सी । ग्लोबल टी २० अन्तरगत आज राति टोरन्टो नेशनल र विनिपेग हक्सबीच प्रतिस्पर्धा हुदैछ । क्यानडाको ग्लोबल टी २० अन्तरगत सन्दिप सम्मिलत टोरन्टो र सोमपाल सहभागि भएको हक्सबीच प्रतिस्पर्धा हुन लोगको हो ।
दुई टोलीबीचको खेल नेपाली समय अनुसार राती १०:१५ सुरु हुने छ । तर नेपाली लेग स्पिनर सन्दीप लामिछाने र तीब्र गतिका बलर सोमपाल कामी मैदान उत्रने विषयमा टुंगो लागेको छैन् ।
आईसीसी टि २० एसिया विश्वकप छनोटमा नेपालले खराब प्रर्दशन गर्दै ग्लोबल छनोटमा पुग्न असफल रहँदा नेपाली टोली स्वदेश फर्कियो । तर सन्दीप र सोमपाल आइतबार नै सिंगापुरबाट क्यानडा गएका छन् । क्याम्पमा पुगेपनि लामो यात्रा तय गरेका कारण सन्दिप र सोमपाल मैदान उत्रने सम्भावना कम छ ।
ग्लोबल टी २० मा दुवै टोलीले सुरुवाती दुई खेलमा समान १ मा जित र हार भोगेका छन् । सन्दीप ६० हजार र सोमपाल ३ हजार अमेरिकी डरलमा क्लबमा अनुबन्ध भएका हुन् । विदेशी क्लबबाट क्रिकेट खेल्ने सोमपाल दोस्रो नेपाली क्रिकेटर हुन् । सोमपाल मैदान उत्रिएको अवस्थामा उनको पहिलो अन्तर्राष्ट्रिय फेन्चाइज हुनेछ ।