ऐजेन्सी । एक दशक यता विश्व फुटबल जगतमा प्रभाव जमाएका खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो मध्ये को उत्कृष्ट भन्ने चर्चा चलिरहन्छ । क्लब तथा राष्ट्रिय टोलीबाट प्रभाव जमाएका दुबै खेलाडी भने एक अर्काका प्रशंसक हुन् ।
पछिल्लो समय इन्टर मिलानबाट खेलेका अल्भारो रेकोबाले वर्तमान फुटबलका दुई महान हस्ती रोनाल्डो भन्दा मेस्सी उत्कृष्ट भएको बताएका छन् । टेलिभिजन अन्तरवर्ताका क्रममा उनले राेनाल्डाेलाइ दाेस्राे नम्बरमा राख्दै मेस्सी उत्कृष्ट भएकाे बताएका हुन् । उलले दुवै खेलाडी प्रतिस्पर्धामा रहे आफू मेस्सीले मेस्सीको खेल हेर्ने बताए ।
उरुग्वेका खेलाडी रेकोबाले मेस्सीले डेढ दशकयता बार्सिलोनालाई उच्च स्थानमा पूर्याएका कारण मेस्सी नै उत्कृष्ट भएको बताए । ‘मेस्सी १५ वर्षदेखि उत्कृष्ट लयमा छन् ।’ उनले भने ‘ बार्सिलोनाबाट अन्य क्लबमा पनि गएका छैनन् ।’ बार्सिलोनमा अन्य खेलाडी परिवर्तन भइरहेको बताउँदै उनले बार्सिलोनालाई माथिल्लो स्तर सम्म पूर्याउन मेस्सी सर्वाेकृष्ट खेलाडी भएकाे बताए ।
रोनाल्डो पनि उत्कृष्ट खेलाडी भएको उनको भनाई छ । आफू मेस्सीको खेल बढी हेर्ने बताउँदै उनले दुई मध्ये को उत्कृष्ट भन्ने विवाद नभएको बताए ।
रोनाल्डो फरक समय खेलेको भए कथा नै फरक बन्ने उनको भनाई छ । तर उनीहरु एकै समयमा खेलेकाले मेस्सीसँग तुलना हुनु सामान्य भएको उनको भनाई छ । अलग टिमबाट एकै समयमा दुई खेलाडी खेलीरहेको अवस्थामा आफू मेस्सीको खेल हेर्ने उनले बताएका छन् ।