वालिङ २ कात्तिक ।
नेपाल सरकारका पूर्व मन्त्री महेश बस्नेतले वर्तमान सरकार दिर्घकालिन सोंच र योजनाका साथ अगाडि बढेको बताएका छन । कम्युनिष्ट सरकारले गरेका सकरात्मक कामहरुको जनतामाँझ प्रचार नहुँदा अनावश्यक भ्रम फैलाउन प्रतिपक्षी लागि परेको बताएका छन् ।
स्याङ्जाको वालिङमा नगर कमिटिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य समेत रहेका बस्नेतले अनावश्यक मिडियाबाजी भईरहेको बताएका थिए । उनले भने , “तिललाई पहाड बनाउने कोशिस भईरहेको छ, सरकार यस्ता टिका टिप्पणीले विचलित हुँदैन् समृद्धिको बाटोमा अगाडि बढेको छ ।”
चिनिया राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणले अन्तराष्ट्रिय दृष्टिकोणमा सकरात्मक सन्देश प्रवाह भएको भन्दै पुर्व मन्त्री बस्नेतले विदेशी सम्बन्धलाई सुदृढ पार्दै समृद्ध नेपालको सपना पुरा गर्न सरकार दु्रत गतिमा हिँडिरहेको बताए । जडको रुपमा रहेको बेथिति र भ्रष्ट्राचारलाई अन्त्य गर्दै समृद्धिको संकल्प पुरा गर्न केहि समय लाग्ने पुर्व मन्त्री बस्नेतको भनाई थियो ।
प्रशिक्षणमा पुर्व मन्त्री बस्नेतले समसामयिक सन्र्दभ र भावी योजनाका विषयमा प्रशिक्षण गरेका थिए भने नेकपा प्रदेश सदस्य शैलेन्द्र घिमिरेले नेकपाको पाटी एकता सन्र्दभमा प्रशिक्षण दिएका थिए ।
नेकपा नगरका वडा अध्यक्षहरु, सचिव, नगरकमिटि, सल्लाहकार र जिल्ला सदस्यहरुको सहभागिता रहेको प्रशिक्षणमा पाटीको ईतिहास र पार्टी अनुसासनका बारेमा प्रदेश सदस्य प्रकाश न्यौपाने र सांगठानिक निर्माण र दायित्वका विषयमा विश्व पौडेलले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा नेता उदय श्रेष्ठले सांगठनिक पक्ष दरिलो पारेर जनताले अपेक्षा गरेअनुरुप सरकार सन्चालन गर्नु पर्नेमा जोड दिएका थिए । नगर अध्यक्ष राजेन्द्र डुम्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालन सचिव रमेश अर्यालले गरेका थिए । प्रशिक्षण कायक्रममा झण्डै एक सय जनाको सहभागिता रहेको थियो ।