स्याङ्जा २६ असोज ।
स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको शनिवार सम्पन्न अधिवेशनले जीवन न्यौपाने को नेतृत्वमा नयाँ कार्य समिती चयन गरेको छ । भीरकोट नगरपालिका स्थित साम्राट सदनमा सम्पन्न तेस्रो विश्व सम्मेलन तथा अधिबेशनले न्यौपानेको नेतृत्वमा सर्बसम्मत नेतृत्व चयन गरेको हो ।
अधिवेशनले बरिष्ठ उपाध्यक्षमा प्रकाश श्रेष्ठ, महिला उपाध्यक्षमा माया केशी र उपाध्यक्ष हरि प्रसाद लुइँटेल तथा महासचिबमा हेमन्त रानाभाट सर्बसम्मत चयन गरेको छ । यसैगरी प्रवक्ता मुक्ति सुवेदी, सचिव मोहनी लाल खनाल, कोषाध्यक्ष खगेन्द्र गैह्रे र सह—कोषाध्यक्षमा डोलराज डुम्रेलाई चयन गरेको छ । भने, महिला संयोजक यसोदा पराजुली भट्टराई चयन भएकी छन् ।
अधिबशेनले क्षेत्रीय संयोजकहरु पनि तोकेको छ । जसमा मध्य पुर्वको लागि बिजय डुम्रे, अमेरिकाको लागि अरुण क्षेत्री रहेका छन् । जसका सदस्यहरुमा रामचन्द्र शर्मा , दिलबहादुर रानाभाट, लालबहादुर रानाभाट र कृष्ण प्रसाद अधिकारी रहेका छन् ।
स्थानीय संयोजकमा भिरकोट नगरपालिका हर्कबहादुर रोकाहा र उपसंयोजकमा भिरकोट नगरपालिकाकै कृष्ण खनाल चयन भएका छन् । स्याङ्जा सहयोग समाज, अन्तर्राष्ट्रिय समन्वय समितिको प्रमुख संरक्षकमा राजेश दर्शन अर्याल र संरक्षकहरुमा निर्वतमान् अध्यक्ष चन्द्रबहादुर रोकाहा, संस्थापक अध्यक्ष अन्न्त कुमार श्रेष्ठ, पूर्ब बरिष्ठ उपाध्यक्ष शालिकराम डुम्रे र देबिलाल भण्डारी रहेका छन् ।
समितिको प्रमुख सल्लाहकारमा ख्याम नारायण काफ्ले र सल्लाहकारहरुमा रामु बस्याल, भुपराज बस्याल, चोपेन्द्र बहादुर खड्का, पिताम्बर चापागाईं , भोला पौडेल, यमलाल शर्मा पङेनी, मोहन पिएसके र गुरुनारायण रानाभाट रहेका छन् ।
सम्मेलनले आगामी दुई वर्षका लागि नयाँ कार्य समितिका चयन गरेको निर्बाचन समितिका संयोजक एबं पत्रकार महासंघ युएई शाखाका अध्यक्ष भुपराज बश्यालले जानकारी दिए । ‘समृद्ध स्याङ्जाका लागि विश्व अभियान’ भन्ने मुल नाराका साथ भएको सम्मेलन तथा अधिबेशनको संघीय सांसद नारायण प्रसाद मरासिनीले उद्दघाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका उपनेता मेखलाल श्रेष्ठ, गण्डकी प्रदेश बिधायन समितिका सभापति मोहन रेग्मी, भीरकोट नगरपालिकाका उपप्रमुख छायाँराम खनाल,पुतलीबजार नगरपालिकाका उपप्रमुख महेश पुरी लगायतले सम्वोधन गरेका थिए ।समाजका उपाध्यक्ष शालिकराम डुम्रेको स्वागतसँगै शुरु भएको कार्यक्रम अध्यक्ष चन्द्रबहादुर रोकाहाको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन महासचिव ख्यामनारायण काफ्लेले गरेका थिए।
सम्मेलनमा २० देशबाट राष्ट्रिय समन्वय समितिका १०र१० जनाका दरले प्रतिनिधिहरु सहभागी भएका थिए । स्याङ्जा सहयोग समाज, अन्तर्राष्ट्रिय समन्वय समिति स्याङ्जा जिल्लामा जन्म भई बैदेशिक रोजगारीमा रहेका तथा बैदेशिक रोजगारीबाट फर्केर नेपालमा नै विभिन्न पेशा ब्यवसाय गरी बसेका स्याङ्जाबासीहरुको गैर सरकारी संस्था हो । विदेशी भूमिमा रहेका स्याङ्जा बासीहरुको सहयोग तथा स्वदेशमै विभिन्न अप्ठयारोमा परेकाहरुलाई सहयोग गर्ने उद्धेश्यले समाजको स्थापना गरिएको समाजले जनाएको छ ।