स्याङ्जा वैशाख ३१ । ग्रामिण भेगदेखि शहरी क्षेत्रसम्म सरल, सुरक्षित तथा गुणस्तरीय बैकिङ सेवा प्रदान गर्दै आएको गरिमा विकास बैंक लिमिटेडले स्याङ्जा जिल्लामा एकै दिन दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
बैशाख ३१ गते बुधबारका दिन विरुवा गाउँपालिका र अर्जुनचौपारी गाउँपालिकामा बैंकका नयाँ शाखा कार्यालयहरु औपचारिक रुपमा सेवा प्रारम्भ गरिएको हो। बैंकका अध्यक्ष दिलिप प्रताप खाँणले नयाँ शाखाहरु सञ्चालनमा आएपछि स्थानीयवासीलाई वित्तीय पहुँच अझ सहज हुने विश्वास लिइएको छ।
शाखा उद्घाटन कार्यक्रममा वैकका प्रमुख कार्यकारी अधिकृत माधव आचार्य, स्थानीय जनप्रतिनिधि, समाजसेवी, व्यापारी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। बैंकले देशभर विभिन्न स्थानहरूमा आफ्ना शाखामार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
गरिमा विकास बैंकले डिजिटल बैंकिङ, कर्जा सेवा, बचत खाता, फिक्स डिपोजिट, मोबाइल बैंकिङ, एटिएम लगायतका सेवा विस्तार गर्दै देशको वित्तीय समावेशीकरणमा योगदान दिँदै आएको जनाएको छ।