स्याङ्जा, वैशाख ३१ । स्याङ्जाको पुतलीखेत–सतौं–दरौं सडकखण्डअन्तर्गत मैदानदेखि छरिखोला सडक खण्ड जेष्ठ २० गतेसम्मका लागि बन्द गरिने भएको छ।
मंगलवार अर्जुनचौपारी गाउँपालिकाले एक सूचना जारी गर्दै कालोपत्रे गर्ने कार्यका लागि सो सडक खण्ड बन्द गरिने जानकारी दिएको हो। निर्माण कार्य प्रभावकारी बनाउनका लागि पालिकाले सो अवधिमा सडक प्रयोग नगर्न र वैकल्पिक मार्ग अपनाउन अनुरोध गरेको छ।
गाउँपालिकाले साना सवारीसाधनका लागि पुतलीबजार नगरपालिका–१३ चिलाउनेखर्क, कार्कीडाँडा हुँदै छरिखोला जोड्ने वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ। यस्तै, ठूला सवारीसाधनका लागि मुसुरबारी–अर्जुनचौपारी हुँदै स्याङ्जा तर्फको सडक प्रयोग गर्न भनिएको छ।
पालिकाले सार्वजनिक सूचना मार्फत यात्रु तथा सवारी चालकहरूलाई आवश्यक सावधानी अपनाउन पनि आग्रह गरेको छ।