फाइल तस्वीर
स्याङ्जा, वैशाख २७ । नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल शनिबार गृह जिल्ला स्याङ्जा आउँदै छन्। जिल्ला प्रशासन कार्यालय स्याङ्जाका अनुसार मुख्य सचिव अर्यालले जिल्लामा दुईवटा सार्वजनिक भवन उद्घाटन तथा धार्मिक स्थलको दर्शन गर्ने कार्यक्रम तय भएको छ।
शनिबार बिहान सतौचण्डी धार्मिक तथा पर्यटकीय स्थलमा दर्शन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि वालिङस्थित गह्रौकालिका मन्दिरमा निर्माण गरिएको भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए।
मुख्य सचिव अर्यालले दिउँसो पुतलीबजार नगरपालिका–१ मा निर्माण सम्पन्न भएको राष्ट्रिय अनुसन्धान कार्यालयको भवनको पनि उद्घाटन गर्ने छन्। उक्त कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरूको उपस्थिति रहने जनाइएको छ।
राष्ट्रिय अनुसन्धान स्याङ्जा कार्यालयको भवन २०७७ साल कात्तिक ८ गते प्रदेश जनस्वास्थ्य कार्यालयको नाममा रहेको जग्गा राष्ट्रिय अनुसन्धान कार्यालयको नाममा पास भएपछि निर्माण प्रक्रिया अगाडि बढेको थियो। त्यसपछि २०७९ असार ७ गते गजेन्द्र निर्माण सेवा प्रालिले भ्याट र कन्टिन्जेन्सी बाहेक १ करोड ९९ लाख ५९ हजार २७१ रुपैयाँमा ठेक्का सम्झौता गरी २०८० मङ्सिर १० गते भवन निर्माण सम्पन्न गरेको हो।
हाल तीन तला र अन्डरग्राउन्ड पार्किङ सुविधासहितको उक्त भवनबाट राष्ट्रिय अनुसन्धान कार्यालय स्याङ्जाले सेवा सञ्चालन गरिरहेको राष्ट्रिय अनुसन्धान स्याङ्जाका प्रमुख शुशान्त वरालले जानकारी दिए ।