वालिङ ११ माघ । वालिङ नगरपालिका भित्र शुद्द खानेपानीको पहुँँच पुर्याउने उद्देश्यले वालिङ साना शहरी खानेपानी संस्थाले हाल गरिएकाे डिपिआर सम्बन्धमा वालिङ नगरपालिकाकाे आयोजनामा वृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।
वालिङ नगरपालिका कार्यालय, साना शहरी खानेपानी संस्था, संघीय खानेपानी कार्यालय पोखरा र स्थानीय उपभोक्ता समिति विच वालिङ नगरपालिका भित्र खानेपानीको गुणस्तर सुधार र पहुँच विस्तारका विषयमा छलफल भएको थियो ।
कार्यक्रममा वालिङ नगरपालिका प्रमुख कृष्ण खाँणले नागरिकको शुद्द खानेपानी उपभोग गर्न पाउने संवैधानिक हक र अधिकार प्रति प्रतिवद्द रहेर शुद्द र गुणस्तरीय खानेपानीको पहुँच विस्तार गर्न नगरपालिकाले पहल थालेको जानकारी दिए । वालिङमा सन्चालित साना शहरी खानेपानी उपभोक्ता संस्था मार्फत भएका सकारात्मक कार्यको प्रशंसा गर्दै खानेपानी आपूर्ति सुधारका क्रममा देखिएका चुनौती समाधान गर्न सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नगर उपप्रमुख कविता तिवारीले तीन तहवाट हुने विकास निर्माणमा सहकार्य हुन आवश्यक रहेको उल्लेख गर्दै राज्यको लगानीमा करोडौंका योजना सहकार्य नहुँदा अलपत्र परेको वताईन । पहुँचका भरमा सम्भाव्यता अध्यायन नगरी योजना सन्चालन गर्दा दुई दर्जन वढी योजना अलपत्र रहेको वताउदै यथासक्य अलपत्र योजना र निर्माण भएका टंकीहरूलाई उपयोग गर्न साना शहरीले गरेको वृस्तृत परियोजना प्रतिवेदनका आधारमा योजना सन्चालन गर्न नगरपालिका र तिनै तहको सरकारको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरिन । पुराना र नयाँ योजना एकीकत गरेर व्यवस्थित वितरणमा जान नगरपालिकाले उपभोक्ता समिति मर्जरको अवधारणाका विषयमा व्यापक छलफल चलाईने समेत जानकारी दिईन् ।
कार्यक्रममा संघीय खानेपानी कार्यालय पोखराका सिनियर डिभिजन इन्जिनियर कुलप्रसाद पौडेलले खानेपानी सम्बन्धी समस्या समाधान गर्न सक्रिय रहेको भन्दै वालिङमा साना शहरी खानेपानीको पूर्वाधार र पहुँच विस्तार गर्न यो डिपिआर गरिएको जानकारी दिए । शुद्द खानेपानीको पहुँच विस्तार गर्न साना उपभोक्ता समितिलाई एकीकृत गर्दै पुराना योजनालाई पिउन योग्य वनाउने, निर्माण भएका टैंकीलाई समेत उपयोगमा ल्याउने गरि पहिलो चरणमा आठवटा वडा समावेस गरि काम सुरू गर्ने र दोस्रो चरणमा सवै वडामा पुग्ने उद्देश्य रहेको जानकारी दिए ।
पहिलो चरणमा १, २, ६, ८, ९, १०, ११, र १२ नंवर वडा समावेस गरेर त्यहाँ सन्चालित योजना र उपलव्ध स्रोतको व्यवस्थापन गरेर बृहत् आयोजना सन्चालन गरिने साना शहरी खानेपानी उपभोक्ता समितिका अध्यक्ष विद्या श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा सहभागीहरूले एकीकत गर्न नगरपालिका र साना शहरीको उपभोक्ता हितमा हुनेगरी योजना ल्याउन माग गरेका थिए । धरा जडानमा दोहोरो मारमा नपर्ने गरि उपभोक्तालाई सहज पानी उपलव्ध हुनुपर्ने माग प्रस्तुत गरेका थिए । कार्यक्रम वालिङ नगरपालिका आईटी शाखा प्रमुख माधव न्यौपानेले सन्चालन गरेका थिए ।