वालिङ- १२ साउन । शुक्रवार दिउँसो आँधीखोलामा पौडी खेल्ने क्रममा वेपत्ता हरिनाश ५ का २३ वर्षका शिव पोख्रेल वालिङ १३ र गल्याङ ८ को सिमानामा मृत अवस्थामा फेला परेका छन् ।
पोख्रेल वालिङ १ शिशौघारीमा साथीहरू संग पौडी खेल्ने क्रममा वेपत्ता भएका थिए । उनको शव पोष्टमार्टमका लागि वालिङ स्थित गह्रौ प्राथामिक अस्पतालमा राखिएको छ ।
वालिङ वहुमुखी क्याम्पसमा स्नातक तहमा अध्यायनरत पोख्रेलको शव अन्तिम श्रद्धाञ्जलीका लागि क्याम्पस प्राङ्गडमा राखिने भएको क्याम्पस प्रशासनले जनाएको छ ।