स्याङ्जा १४ असार । माध्यमिक शिक्षा परिक्षा SEE दिएका परिक्षार्थी मध्ये स्याङ्जामा १७ सय २२ जना विद्यार्थी उत्तिर्ण भएका छन् ।
जिल्लामा ४ हजार ७२ जनाले गत चैत्रमा एसईई दिएका थिए । स्याङ्जामा १ जनाले मात्र ४ जिपिए प्राप्त गरेका छन् । सरकारी विद्यालय त्रिभुवन आर्दश नमुना माध्यमिक विद्यालयका शुसान्त मरासिनीले ४ जिपिए प्राप्त गरि जिल्ला प्रथम वनेका शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जाले जनाएको छ ।
जिल्लामा साधारण तर्फ ३.६ देखि ४ जिपिए भित्रको जिपिए प्राप्त गर्ने १ सय ७२ जना रहेका छन् भने ३.६ देखि २ जिपिए भित्र ४ सय ४१ जना विद्यार्थी उत्तिर्ण भएका शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जाका अधिकृत तथा सुचना अधिकारी सुरेश सुवेदीले बताए ।
३.२ देखि २.८ जिपिए भित्र पर्ने ७ सय १२ जना विद्यार्थी रहेका छन् भने २.४ देखि २.८ जिपिए प्राप्त गर्ने ३ सय ७७ र २.० देखि २.४ जिपिए ल्याउने २० जना गरी १ हजार ७२२ जनाले कक्षा ११ मा भर्ना हुन पाउने भएका छन् । त्यस्तै ननग्रेड प्राप्तमा २ हजार १ सय ९२ जना रहेका छन् । त्यस्तै प्राविधिक तर्फ ३.७ देखि ४ जिपि भित्रको जिपिए प्राप्त गर्ने २ जना, ३.६ देखि ३ जिपिए प्राप्त गर्ने १७ जना, २.८ देखि ३.२ प्राप्त गर्ने २४ जना र २.४ देखि २.८ जिपिए प्राप्त गर्ने ६ जना गरी ४९ जना उत्तिर्ण भएका छन भने प्राविधिकतर्फ १ सय ०९ जनाले एन जि अर्थात ननग्रेड प्राप्त गरेका छन् ।