स्याङ्जा-६ वैशाख । स्याङ्जाको बिरुवा गाँउपालिकामा आगजनीमा परेर एकजनाको मृत्यू भएको छ ।
बिरुवा ७ कुमेरदुङमा आफ्नै वारीमा कोदोको बीउ छर्न पात पतिङ्गर जलाउने क्रममा जंगलमा आगो सल्कदा जलेर ७४ वर्षिया देउसरी गुरूङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले वनाएको छ ।
विहिवार दिउसो ३.४५ वजे घटना भएको थियो । जंगलमा आगो सल्केपछि निभाउने क्रममा आफै जलेर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता ईन्द्र वहादुर रानाले जानकारी दिए ।