वालिङ १८ माघ । स्याङ्जाको वालिङमा आयोजित आठौं वालिङ महोत्सव २०८० आज विहिवारवाट सुरु हुदैँछ। कोरोना महामारीका कारण पाँच रोकिएको प्रदेश स्तरीय वालिङ महोत्सव गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले उदघाटन गर्ने छन् ।
वालिङ खेलमैदानमा भोलि माघ १८ देखि २८ गतेसम्म सन्चालन हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आज सचिवालयमा निर्देशक समितिको वैठकमा निर्देशक समितिका संयोजक तथा पूर्व अध्यक्ष शोभाकान्त पौडेलले जानकारी दिए ।
विगतका छैटौं संस्करणसम्म सफलतापूर्वक सम्पन्न वालिङ महोत्सव पाँच वर्ष पछि सन्चालनमा आएको आठौं संस्करणको महोत्सव अझै प्रभावकारी वनाउनुपर्ने पूर्व अध्यक्ष यामवहादुर गुरूङले वताए ।
महोत्सवमा झण्डै चार सय स्टलहरु रहने र स्टलमा व्यापारीहरूले समान ल्याउने क्रम सुरू भइसकेको वालिङ वाणिज्य संघ वालिङका अध्यक्ष चेतनारायण श्रेष्ठले बताए ।
विहिवार विहान १० बजे रामवाच्छा, भकुण्डे र वालिङवाट विभिन्न झाँकी सहित र्यालीले बजार परिक्रमा गर्ने कार्यक्रम रहेको छ । र्याली महोत्सव स्थलमा पुगेपछि मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने छन् ।
महोत्सव राति ९ बजेसम्म सञ्चालन हुनेछ।महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ। महोत्सवमा करिब १० करोडको कारोबार हुने उद्योग वणिज्य संघले जनाएको छ।