स्याङ्जा २९ भदौ ।
राष्ट्रिय बाल दिवसको अबसरमा स्याङ्जामा विविध कार्यक्रमहरु सन्चालन गरि मनाइएको छ । जिल्ला बालसंगठन स्याङ्जाले अर्जुनचौपारी गाउँपालिका १ मा बालबालिकाहरुकोे निशुल्क स्वास्थ्य परिक्षण तथा पुरस्कार वितरण गरी मनाइएको छ ।
जिल्ला अस्पताल स्याङ्जाको प्राबिधिक सहयोग तथा अर्जुनचौपारी गाउँपालिकाको ब्यवस्थापनमा तिन सय २९ जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो । साथै, सो परिक्षणमा आउने बालबालिकाको स्वास्थ्यका विषयमा प्रतिस्पर्धा गराई पुरस्कृत समेत गरिएको थियो ।
स्वस्थ्य बालबालिका प्रतियोगितामा दिपशिखा देवकोट प्रथम भएका छन । यसै गरी, अरवीन गुरुङ र मुनाकुमारी विक क्रमश ः द्धिद्धिय र तृतीय भएको बालसंगठनका सचिव सुनिलबाबु चापागाईले जानकारी दिए ।
कार्यक्रमको उदघाटन गर्दै गाउपालिकाका अध्यक्ष दिर्घनारायण अर्यालले बालबालिकाको नियमित स्वास्थ्य परिक्षण गराइरहनु पर्ने बताउदै यस्ता कार्यक्रमले बालबालिकाको शारिरीक एवं मानसिक बृद्धि हुनेमा जोड दिए । साथै, अध्यक्ष अर्यालले सबै बालबालिकाहरुको जीवनको महत्वपूर्ण आवश्यकता खान, बस्न, स्वास्थ्य, शिक्षाको उचित व्यवस्थापन गर्न जरुरी रहेको वताएका थिए । स्वस्थ्य बालवालिका शिक्षामा पनि राम्रो हुने भएकाले स्वास्थ्य र शिक्षामा परिवारले समेत ध्यान दिन आग्रह गरेका थिए ।
कार्यक्रममा गाँउपालिकाकी उपाध्यक्ष चिनुमाया गुरुङ, प्रमुख प्रशासकिय अधिकृत पुरन गुरुङ, डा. अन्जु अर्याल, उपाध्यक्ष मखमली श्रेष्ठ लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्दे आजका स्वस्थ्य बालबालिकाले मात्रै भोलीको उज्वल र सक्षम नागरिक वन्नेमा जोड दिएका थिए ।
जिल्ला बालसंगठन स्याङ्जाका अध्यक्ष दिनेश अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव सुनिलबाबु चापागाईले गरेका थिए ।