वालिङ -२२ भदौ । वालिङ नगरपालिकामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ् नगरपालिका ६ आमडाली बस्ने ३६ बर्षिया यम बहादुर थापा रहेका छन ।
वालिङ् नगरपालिका ६ स्थित रसखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर शुक्रबार बिहान थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।
थापासँगै माछा मार्नको गएका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । माछा मार्न गएका व्यक्तिहरूबाट माछा मार्न प्रयोग गरेको तार, रड र बांसको भाटा सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्ट मार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा राखिएको छ ।