हिमदुत – २२ साउन । काठमाण्डौवाट वालिङ तर्फ आउदै गरेको माईक्रोबस र भारतीय नंवरको पर्यटक बस स्याङ्जाको भीरकोट ४ छाङ्छाङ्दीमा दुर्घटना भएको छ ।
बा ३ प १००३ नम्बरको माइक्रोबसमा सवार ८ जना घाईते भएका छन् । घाईते ७ जनाको गह्रौ घ्याङ्लिङ अस्पतालमा उपचार भईरहेको छ । भने माइक्रो बसका चालक च्याप्पिएको अवस्थावाट प्रहरी र यात्रुहरूले उद्दार गरि उपचारका लागि पोखरा पठाईएको छ ।
साँघुरो र घुमाउरो वाटोमा दुवै सवारी साधन तिव्र गतिमा रहेको हुनाले दुर्घटना भएको प्रत्यक्षदर्शीले वताएका छन् । दुर्घटनामा भारतीय बसमा सवार यात्रु सवै सुरक्षित रहेका छन् ।